एउटा छर्लङ्ग प्रेमकथामा नारीवादी स्वर Euta Chharlanga Premkathama Narivadi Swar
DOI:
https://doi.org/10.3126/tuj.v33i2.33653Keywords:
नारीवाद narivad, अधीनस्थता Adhinasthata, सत्ता satta, प्रतिनिधित्व Patinidhitwa, पहिचान र संस्कृति Pahichan ra sanskritiAbstract
प्रस्तुत लेखमा भवानी भिक्षुद्वारा लिखित ‘एउटा छर्लङ्ग प्रेमकथा’ को नारीवादी
समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । उत्तरआधुनिकतावादसँग निकट
सम्बन्ध राख्ने तथा सन् १९६० पछि स्थापित भएको नारीवाद नारीहरूको हक, अधिकार,
स्वतन्त्रता, समानता, स्वाभिमान र अस्तित्वको पक्षमा आवाज उठाउने एक प्रकारको
समालोचाना सिद्धान्तसँग सम्बन्धित छ । प्रस्तुत सन्दर्भमा नारीवादको सामान्य चिनारी दिँदै
नारीवादका प्रमुख मान्यताका साथै कृति विश्लेषणका नारीवादी आधारहरूको समेत निर्धारण
गरिएको छ । कथामा वर्णित कार्यव्यापार र घटित घटनाहरूको सापेक्षतामा मूल्याङ्कन गर्दा
तिब्बती समाजमा नारीहरूलाई पुरुषजस्तै हक, अधिकार, स्वतन्त्रता प्राप्त भएको पाइन्छ भने
नारीहरूको मनोविज्ञान र मनोबल पनि अत्यन्त उच्च रहेको देखिन्छ । साथै उक्त समाजमा
नारीहरूको विरुद्धमा गरिने हरेक क्रियाकलाप र व्यवहारका सन्दर्भमा तिब्बती नारीहरू अत्यन्त
सचेतता, सावधानी र संवेदनशीलताका साथ प्रतिरोध गर्ने वातावरण रहेको तथा सामाजिक,
सांस्कृतिक र आर्थिक अवस्था पनि नारीहरूको अनुकूल रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
123
487
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University