आधारभूत तहको भाषाशिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनको सान्दर्भिकता {Continuing student in basic level language learning Relevance of evaluation}

Authors

  • कुश्मिला Kushmila आचार्य Acharya शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर, त्रि.वि. Central Department of Education, Nepali Education Depart, TU

Keywords:

पृष्ठपोषण, पाठ्यक्रम, सिर्जनात्मक, गृहकार्य, निदान

Abstract

प्रस्तुत लेख आधारभूत तहमा गरिने निरन्तर मूल्याङ्कनको सान्दर्भिकतासँगसम्बन्धित छ । विद्यार्थीहरूमा सुनाइ, बोलाइ, पढाइपछि लेखाइ सिपको विकास गराउनु भाषाशिक्षणको प्रमुख उद्देश्य हो । यी चारवटा सिपहरूको उपयुक्त तरिकाले विकास गराउन भाषिक मूल्याङ्कनको आवश्यकता पर्दछ । गुणात्मक विधिको उपयोग गरी लेखिएको यस लेखको सैद्धान्तिक अवधारणा निरन्तर विद्यार्थी मूल्याङ्कनका साधनहरू रहेको छ । यस लेखमा विशेषगरी आधारभूत तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन गर्दा अपनाइने साधनहरूको सान्दर्भिकतालाई समीक्षात्मक रूपमा विश्लेषण गरिएको छ । कक्षा कार्यकलाप वा सहभागिता, विद्यार्थी हाजिरी,सिर्जनात्मक कार्य, व्यवहार परिवर्तन, गृहकार्य, हाजिरी जवाफ, छलफल, अन्तक्र्रिया, अवलोकन,एकाइ र त्रैमासिक परीक्षाहरू आदि निरन्तर विद्यार्थी मूल्याङ्कनका विधि र साधनहरूकोआधारभूत तह (कक्षा छ, सात र आठ) सँग जोडेर यहाँ विश्लेषण गरिएको छ । यस तहकाविद्यार्थीका निरन्तर मूल्याङ्कनको आवश्यकता, समस्या र त्यसको समाधानका उपायहरूकोपनि यथोचित रूपमा समीक्षात्मक विश्लेषण गरिएको छ । त्यसबाट आधारभूत तहमा निरन्तरविद्यार्थीका साधनहरूको सान्दर्भिकताको अवस्था सकारात्मक रहेको निष्कर्ष निकालिएकोछ । आधारभूत तहमा भाषा शिक्षण गर्न र यसका बारेमा जिज्ञासा उत्पन्न भएका सम्पूर्ण सरोकारवालाहरूमा यो लेख उपयोगी सावित हुने विश्वास लिइएको छ ।

Abstract
303
PDF
0

Author Biography

कुश्मिला Kushmila आचार्य Acharya, शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर, त्रि.वि. Central Department of Education, Nepali Education Depart, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2021-12-31

How to Cite

आचार्य Acharya क. K. (2021). आधारभूत तहको भाषाशिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनको सान्दर्भिकता {Continuing student in basic level language learning Relevance of evaluation}. Tribhuvan University Journal, 36(02), 105-127. https://doi.org/10.3126/tuj.v36i02.46647

Issue

Section

Science

How to Cite

आचार्य Acharya क. K. (2021). आधारभूत तहको भाषाशिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनको सान्दर्भिकता {Continuing student in basic level language learning Relevance of evaluation}. Tribhuvan University Journal, 36(02), 105-127. https://doi.org/10.3126/tuj.v36i02.46647