नरसिंह अवतार महाकाव्यमा प्रयोगशीलता {Applicability in Narasimha Avatar epic}
DOI:
https://doi.org/10.3126/tuj.v37i02.51751Keywords:
मिथक mithak, mochan, मोचन, त्राटन Tratan, प्रयोगवाद Prayogvad, Samrachana, संरचनाAbstract
यस लेखमा जगदीश शमशेर राणाद्वारा रचित नरसिंह अवतार महाकाव्यको प्रयोगवादी अवधारणाका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । प्रयोगवाद आफैंमा कुनै वाद होइन, साहित्यमा गरिने नयाँ–नयाँ प्रयोगलाई प्रयोगवादी भन्ने चलन छ । नेपाली कवितामा प्रयोगवाद भन्नाले वि.सं. २०१७ सालको रूपरेखा पत्रिकामा प्रकाशित मोहन कोइरालाको घाइतेयुग कविताबाट सुरु भएको नयाँ कविता धारालाई बुझिन्छ । यस धाराका कवितामा अमूर्त लेखनशैली, सम्प्रेषणहीनता, संरचनागत शिथिलता, नयाँ नयाँ बिम्ब, प्रतीक र मिथकको प्रयोग, विसङ्गतिको प्रस्तुति र अस्तित्ववादी चेत जस्ता कुरा मुख्य विशेषताका रूपमा रहेका छन् । यिनै कुरालाई आधार बनाई यसमा नरसिंह अवतारको विषयवस्तु, कथानक, चरित्र, परिवेश, उद्देश्य, भाषाशैली आदि तत्वहरूको अध्ययन तथा विश्लेषण गरिएको छ । यस अध्ययनबाट प्रस्तुत महाकाव्य विषयवस्तुको छनोटमा, कथानक निर्माणमा, पात्रविधानमा, परिवेश निर्माणमा, उद्देश्यका साथै भाषाशैली आदिको प्रयोगमा परम्परित महाकाव्यक संरचना भन्दा भिन्न र नयाँढाँचाको प्रयोगशील बन्न पुगेको प्रस्ट भएको छ ।
Downloads
18
17
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University