शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषा सिकाइमा गर्ने त्रुटिको विश्लेषण

Authors

  • Dawa Sherpa महेन्द्ररत्न क्याम्पस, त्रिवि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/tuj.v40i1.80129

Keywords:

अन्तरभाषा, त्रुटिविश्लेषण, पूर्वानुमान, भाषा प्राप्ति, मातृभाषा, लक्ष्यभाषा

Abstract

शेर्पा र नेपाली भाषा भिन्नभिन्न भाषिक परिवार र भिन्नभिन्न भाषिक संरचना तथा वर्ण व्यवस्था
भएका भाषाहरू हुन् । उक्त भिन्नताका कारण नेपाली भाषा सिकाइमा शेर्पा भाषी विद्यार्थीले
विविध किसिमका त्रुटिहरू गरेको पाइन्छ । शेर्पा भाषी विद्यार्थीले नेपाली सिकाइमा गर्ने त्रुटिको
विश्लेषण गर्ने उद्देश्यमा प्रस्तुत लेख तयार गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा तयार
गरिएको छ । क्षेत्र कार्य अन्तर्गत रही दैनिकी लेखन, निर्देशित लेखन तथा शेर्पा भाषाका दस वटा
वाक्यहरू तयार पारेर विद्यालय तहका विद्यार्थीहरूमा प्रयोग गरी तथ्य सङ्कलन गरिएको छ ।
शेर्पा भाषामा नेपाली भाषाका /घ्/, झ्/, /ढ्/, /ध्/ र /भ्/ वर्णहरू पाइँदैनन् । तसर्थः यी
नेपाली भाषाका वर्णहरूका उच्चारण र लेखाइमा शेर्पा भाषी विद्यार्थीले त्रुटि गर्ने गरेको देखिन्छ ।
शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषाका ‘घ’ वर्णका सट्टा ‘ग’ वर्ण, ढ वर्णका सट्टा ड वर्ण,
‘ध’ वर्णका सट्टा ‘द’ वर्ण र ‘भ’ वर्णका सट्टा ‘ब’ वर्णको प्रयोग गरी नेपाली भाषामा त्रुटि गर्ने
पाइएको छ । शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषाको वाक्य सङ्गतिमा समेत त्रुटि गरेको छ ।
शेर्पा भाषी विद्यार्थीले मातृभाषाको प्रभाव र बानीले गर्दा लक्ष्य भाषाको रूपमा नेपाली सिक्दा
नेपाली भाषाका लिङ्ग, वचन, पुरुष र आदरका वाक्य सङुगतिमा त्रुटि गरेको पाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
95
PDF
98

Downloads

Published

2025-07-01

How to Cite

Sherpa, D. (2025). शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषा सिकाइमा गर्ने त्रुटिको विश्लेषण. Tribhuvan University Journal, 40(1), 274–284. https://doi.org/10.3126/tuj.v40i1.80129

Issue

Section

Articles