खटप्वाल उपन्यासमा अभिघात
DOI:
https://doi.org/10.3126/tuj.v40i1.80130Keywords:
अभिघात, अवसाद, मनस्थिति, शमनवृत्ति, हिंसाAbstract
प्रस्तुत लेखमा प्रमोद प्याकुरेलको ‘खटप्वाल’ (२०७९) उपन्यासमा अभिव्यक्त अभिघातका विविधपक्षहरूको विश्लेषण तथा मूल्याङ्कन गरिएको छ । अभिघात प्राकृतिक एवम् मानवनिर्मित घटनाका कारणले मानिसमा पर्ने मानसिक चोट, दुःख, कष्ट एवम् सङ्कटको स्थिति हो । दुःखदायी घटनाको परिणामस्वरूप देखा पर्ने शारीरिक तथा मानसिक क्षति तथा त्यसबाट निर्मित तनावको स्थिति एवम् पीडाबोधलाई अभिघातका रूपमा लिन सकिन्छ । ‘खटप्वाल’उपन्यासमा चीनको हवेइ प्रान्तको वुहानमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोचोटि पहिचानगरिएको र विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ वा कोरोना भाइरसले विश्वव्यापी रूपमाफैलाएको प्राकृतिक विपत्तिबाट नेपाली समाजमा पारेको प्रभाव एवम् अभिघातलाई प्रस्तुत गरिएको छ । कोरोनाजस्तो प्राकृतिक विपत्तिले सिर्जना गरेको शारीरिक एवम् मानसिक अभिघातका विभिन्न पाटाहरूको विश्लेषण र मूल्याङ्कन गर्नका लागि कोरोनालाई नै मूलविषय बनाएर लेखिएको प्रस्तुत उपन्यासलाई चयन गरिएको छ । कोरोनाका कारण नेपाली समाजमा देखापरेको शारीरिक एवम् मानसिक अभिघातलाई ‘खटप्वाल’ उपन्यासमा कसरीप्रस्तुत गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासाको निरूपण गर्ने उद्देश्य यस लेखको रहेको छ । यसका लागि कृतिविश्लेषणको सैद्धान्तिक पर्याधारका रूपमा अभिघातसम्बन्धी सिद्धान्तकी प्रतिपादक क्याथी क्यारुथको अवधारणालाई अवलम्बन गरिएको छ । लेख तयारीका क्रममा प्राथमिक एवम् द्वितीयक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । विश्लेषणका लागि गुणात्मक विधिको प्रयोग गरिएको यो लेख निगमनात्मक एवम् अन्तर्विषयक प्रवृत्तिको बन्नपुगेको छ । ‘खटप्वाल’ उपन्यासमा प्रस्तुत भएका शारीरिक एवम् मनोवैज्ञिानिक अभिघातकापक्षले यसलाई अभिघातका दृष्टिले सशक्त उपन्यास बनाएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University