कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh

Authors

  • हेमनाथ Hemnath पौडेल Poudel Ratna Rajya Campus, Bhrikuti Mandap, Kathmandu, TU.

Keywords:

कविता काव्य, विमर्श, माक्र्सवाद, प्रगतिवाद, कला साहित्य, वस्तुगत यथार्थ, विचारधारा, ओजपूर्ण भाषा, उत्पत्ति, सौन्दर्य, kabita kavya, bimarsh, marxvad, pragativad, kala sahitya, utpatti, saundarya, antarvastu ra rup

Abstract

प्रस्तुत आलेखमा कवितासम्बन्धी प्रगतिवादी विमर्शलाई प्रस्तुत गरिएको छ ।
कविताका बारेमा प्रगतिवादको के दृष्टिकोण छ भन्ने सम्बन्धमा यसमा चर्चा छ । प्रगतिवादीहरू कवितालाई मानव मनको सर्वप्राचीन कलाव्यापार ठान्दै यसको जन्म र विकास मानवीय श्रम र सङ्घर्षका क्रममा भएको स्वीकार गर्छन् । उनीहरू कवितालाई इन्द्रियातीत विषय नभएर वस्तु जगत्को उपज मान्दै यसमा युगीन यथार्थको कलात्मक प्रतिविम्बन हुन्छ र यसले मानव जातिको उत्थान, विकास र समाज रूपान्तरणमा सहयोग गर्छ भन्ने विचार प्रकट गर्छन् । प्रगतिवादीहरू कलावादीहरूका अवस्तुवादी र विशुद्धतावादी धारणालाई तिरस्कार गर्दै समाज, संसार र मानव जीवनलाई बुझ्नु, बदल्नु र समृद्ध पार्नु कविता कलाको उद्देश्य हो भन्दै यसको प्रयोजन र उपयोगितालाई सिद्ध गर्छन् । कविता सौन्दर्यको विषय पनि हो । सौन्दर्यलाई यिनीहरू भाववादी–आदर्शवादीहरूले जस्तो प्रकृति र मानव जीवनबाट निरपेक्ष होइन, सापेक्ष रूपमा हेर्छन् । सुन्दरता वस्तुको गुण हो, वस्तुमा सुन्दर र कुरूप दुबै चिज हुन्छन् अनि वस्तुको परिवर्तनसँगै त्यसको सौन्दर्य पक्षमा पनि परिवर्तन आउँछ भन्ने उनीहरूको धारणा छ । यही क्रममा उनीहरू कलाकृतिको निर्माण अन्तर्वस्तु र रूपको जैविक एकताबाट हुने बताउँदै कविताका बारेका आफ्ना मान्यताहरूलाई प्रस्तुत गर्छन् । यही मान्यताका बारेमा यहाँ माक्र्सवादी विमर्श गरिएको छ ।

Abstract
376
pdf
0

Author Biography

हेमनाथ Hemnath पौडेल Poudel, Ratna Rajya Campus, Bhrikuti Mandap, Kathmandu, TU.

Associate Professor

Downloads

Published

2017-12-31

How to Cite

कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh. (2017). Tribhuvan University Journal, 31(1-2), 263-274. https://doi.org/10.3126/tuj.v31i1-2.25361

Issue

Section

Science

How to Cite

कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh. (2017). Tribhuvan University Journal, 31(1-2), 263-274. https://doi.org/10.3126/tuj.v31i1-2.25361