‘दसैँ’ र ‘सहीको सही’ कथामा वर्गीय शक्तिसम्बन्ध

Authors

  • गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि, बागबजार Padmakanya Multiple Campus, TU

Keywords:

सामन्तवादी विमर्शात्मक संरचना, उच्चवर्ग, निम्नवर्ग

Abstract

गाउँको सन्देश (२०१०) कथासङ्ग्रहमा सङ्गृहीत ‘दसैँ’ र ‘सहीको सही’ कथामा तत्कालीन सामन्ती संरचनायुक्त समाजमा विद्यमान उच्चवर्गीय र निम्नवर्गीय चिन्तन, सोच, चरित्र र तिनका व्यवहारको प्रतिनिधित्व गराई निम्नवर्गीय जीवनका समग्र यथार्थलाई प्रस्तुत गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठ विश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको ‘दसैँ’ र ‘सहीको सही’ कथामा सांस्कृतिक अध्ययन अन्तर्गत वर्गीय शक्तिसम्बन्धको खोजी र विश्लेषण गरिएको छ । यी कथामा उच्चवर्ग र निम्नवर्गबीचमा रहेको असमान, असन्तुलित र शत्रुतापूर्ण वर्गीय शक्तिसम्बन्धलाई देखाइएको छ । विश्लेष्य कथामा तत्कालीन समाजमा सामन्तवादी विमर्शात्मक संरचनायुक्त सञ्चेतना क्रियाशील रहेका कारण उत्पादनका साधनमाथि उच्चवर्गीय वर्चस्व कायम भएको छ र त्यसबाट निर्मित र प्रसारित ज्ञानका कारण वर्गीय शक्तिसम्बन्ध धमिलिई शत्रुतापूर्ण बनेको देखाइएको छ । तत्कालीन समाजमा उत्पादनका सबै साधनमाथि उच्चवर्गको वर्चस्व रहेको हुनाले वितरण प्रणाली र सामाजिक प्रभुत्वमा पनि उच्चवर्गकै आधिपत्य स्थापित भएको देखाइएको छ । यी कथामा वर्गीय विभेद, दमन र तत्कालीन समाज स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचनाले उच्चवर्गलाई शासक र निम्नवर्गलाई शासितको स्थान तय गरिदिएर उच्चवर्गीय दमन, उत्पीडन र शोषणका लागि आधार तयार पारेको देखाइएको छ । तत्कालीन केन्द्रीय तथा स्थानीय सत्तामा सामन्तवादी उच्चवर्गकै वर्चस्व रहेका कारण निम्नवर्ग आवाजविहीन र निमुखो बन्न पुगेको देखिन्छ । त्यसै गरी केन्द्रीय सत्तासम्मको पहुँच समेत उच्चवर्गकै भएका कारण श्रमको मूल्य निर्धारण, सामाजिक न्याय, श्रमको अतिरिक्त मूल्यको शोषणजस्ता कार्यमा उच्चवर्गले छुट पाएको तथ्य निष्कर्षका रूपमा उक्त कथामा प्रस्तुत गरिएको छ ।

Abstract
200
PDF
0

Author Biography

गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel, पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि, बागबजार Padmakanya Multiple Campus, TU

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2023-06-30

How to Cite

पोखरेल Pokhrel ग. G. (2023). ‘दसैँ’ र ‘सहीको सही’ कथामा वर्गीय शक्तिसम्बन्ध. Tribhuvan University Journal, 38(01), 154-169. https://doi.org/10.3126/tuj.v38i01.56214

Issue

Section

Science

How to Cite

पोखरेल Pokhrel ग. G. (2023). ‘दसैँ’ र ‘सहीको सही’ कथामा वर्गीय शक्तिसम्बन्ध. Tribhuvan University Journal, 38(01), 154-169. https://doi.org/10.3126/tuj.v38i01.56214