उत्तरवर्ती नेपाली निबन्धमा पर्यावरणीय चेतना

Authors

  • रजनी Rajani ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

Keywords:

पारिस्थितिकी, गहन पर्यावरण, जनजातीय पर्यावरण, जीवजगत्, पर्यावरणीय नारीवाद

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा पर्यावरणीय चेतना भएका केही उत्तरवर्ती नेपाली निबन्धलाई पाठका रूपमा लिई तिनमा प्रयुक्त पर्यावरणीय चेतनाका विभिन्न आयामहरूको विश्लेषण गरी उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको निरूपण गरिएको छ । यस लेखको उद्देश्य प्रकृति र मानव तथा जीवजगत् बिचको अन्तर्सम्बन्धलाई चित्रण गरिएका उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको स्वपरूप पहिल्याउनु हो । यस अध्ययनमा उत्तरवर्ती नेपाली निबन्धमा मानव र प्रकृतिको आत्मीय सम्बन्ध, पर्यावरणीय गहनताको चित्रण, पर्यावरणीय नारीवादी चेतनाको प्रस्तुति, जनजाति र पर्यावरणका बीचको तादात्म्य तथा ग्राम्य र अप्रदूषित प्रकृतिको संवेदनशील चित्रण गरिएको भन्ने विचार पर्यावरणीय मान्यताका आधारमा अध्ययन गरिएको छ । यस अनुसन्धानमा सोद्देश्य नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी निबन्धको विश्लेषणका लागि पर्यावरणीय समालोचनाका आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी निबन्धको विश्लेषण गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा गहन पर्यावरण, पर्यावरणीय नारीवाद, जनजातीय पर्यावरणका मान्यतालाई विश्लेषणको ढाँचाका रूपमा उपयोग गरी बाइस वटा उत्तरवर्ती नेपाली निबन्धमा वातावरणीय विनाशको चिन्ताका साथै सामाजिक पहिचान र लैङ्गिक सन्दर्भबाट आउने जनजातीय र नारीवादी पर्यावरणीय सौन्दर्य चेतनाका दृष्टिले पनि उत्तरवर्ती नेपाली निबन्ध सबल रहेको तथा पर्यावरणप्रतिको सचेतता सघन रूपमा रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
289
PDF
0

Author Biography

रजनी Rajani ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

सहप्राध्यापक

Downloads

Published

2023-06-30

How to Cite

ढकाल Dhakal र. R. (2023). उत्तरवर्ती नेपाली निबन्धमा पर्यावरणीय चेतना . Tribhuvan University Journal, 38(01), 184-199. https://doi.org/10.3126/tuj.v38i01.56216

Issue

Section

Science

How to Cite

ढकाल Dhakal र. R. (2023). उत्तरवर्ती नेपाली निबन्धमा पर्यावरणीय चेतना . Tribhuvan University Journal, 38(01), 184-199. https://doi.org/10.3126/tuj.v38i01.56216