वैदिक शिक्षण विधि : श्रवण, मनन, निदिध्यासनः र वर्तमान शिक्षण प्रणालीमा उपादेयता

Authors

  • जनार्दन Janardan घिमिरे Ghimire शिक्षाशास्त्र केन्द्रीय बिभाग, त्रिवि, कीर्तिपुर

Keywords:

शिक्षण श्रवण, निदिध्यासन, वैदिक शास्त्र, उपनिषद, उपादेयता

Abstract

आधुनिक पश्चिमी शिक्षा प्रणालीले वैदिक दर्शनमा निहित शैक्षिक विचारहरूमा छायाँ पारिरहेको परिवेशमा वैदिक ग्रन्थमा के कस्ता शिक्षण विधिहरू छन् भन्ने जिज्ञासा समाधान गर्ने ध्येयले यो लेख तयार गरिएको छ । उपनिषद्मा वर्णित तत्वज्ञानका विधिलाई कसरी बुझ्न सकिएला ? ती विधिहरूको वर्तमान शिक्षा व्यवस्थामा के उपादेयता हुन सक्ला ? भन्ने दुई प्रश्नहरूको उत्तर खोज्न यो लेख केन्द्रित छ । शास्त्रहरूको अध्ययन गरी त्यसमा निहित अर्थको व्याख्या गर्न प्रचलित हर्मेन्यूटिक विधिको प्रयोगद्वारा सूचना निर्माण र व्याख्या गरिएको छ । उपनिषदमा वर्णित श्रवणलाई विभिन्न छ चरणमा अर्थपूर्ण तरिकाले सुन्ने प्रक्रियाको रूपमा बुझ्न सकिँदो रहेछ । श्रवण गरिएको ज्ञानलाई वाद, जल्प र वितण्डा जस्ता प्रक्रियाहरूबाट स्वीकार, इन्कार वा मूल्याङ्कन गर्ने प्रक्रिया मनन रहेछ । मननबाट सुनिश्चित वा सन्देहरहित भएकोज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने प्रक्रियालाई निदिध्यासन भनिँदो रहेछ । यी विधिहरू विशेष रहेछन् । तत्वज्ञानका अभिलाषी साधकहरू र सांसारिक ज्ञानआर्जन गर्न चाहने विद्यार्थीहरू दुवैका लागि यी विधिहरू फलदायी रहेछन् । अनौपचारिक र औपचारिक शिक्षाका तल्ला तहदेखि उच्च तहसम्मका जुनसुकै विषयको शिक्षणमा पनि यी विधिहरू सान्दर्भिक देखिन्छन् । यसले वैदिक ग्रन्थहरूको उपादेयता पुष्टि गर्छ । वैदिक चिन्तन परम्परामा यस्ता उपयोगी ज्ञानहरू धेरै हुन सक्छन, जुन हामीलाई थाहा नभई रहेको हुन सक्छ । अतः प्राज्ञिक समुदायले वैदिकग्रन्थहरूको अध्ययन अनुसन्धानमा चासो राख्नुपर्ने देखिन्छ ।

Abstract
334
PDF
0

Author Biography

जनार्दन Janardan घिमिरे Ghimire, शिक्षाशास्त्र केन्द्रीय बिभाग, त्रिवि, कीर्तिपुर

प्राध्यापक

Downloads

Published

2023-06-30

How to Cite

घिमिरे Ghimire ज. J. (2023). वैदिक शिक्षण विधि : श्रवण, मनन, निदिध्यासनः र वर्तमान शिक्षण प्रणालीमा उपादेयता. Tribhuvan University Journal, 38(01), 222-236. https://doi.org/10.3126/tuj.v38i01.56221

Issue

Section

Science

How to Cite

घिमिरे Ghimire ज. J. (2023). वैदिक शिक्षण विधि : श्रवण, मनन, निदिध्यासनः र वर्तमान शिक्षण प्रणालीमा उपादेयता. Tribhuvan University Journal, 38(01), 222-236. https://doi.org/10.3126/tuj.v38i01.56221