माधुरी नानी कथामा सीमान्त वर्गीय प्रतिनिधित्व

Authors

  • त्रिभुवन Tribhuvan बरई Barai भैरहवा बहुमुखी क्याम्पस, त्रिवि, भैरहवा

Keywords:

प्रतिनिधित्व, लैङ्गिकता, विचारधारा, समता

Abstract

प्रस्तुत लेखमा सीमान्तीय अध्ययनअन्तर्गतको सीमान्त वर्गीय प्रतिनिधित्वको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा भवानी भिक्षुद्वारा लिखित ‘माधुरी नानी’ कथाको विश्लेषण गरिएको छ । ‘माधुरी नानी’ कथामा अङ्कित सीमान्त वर्गीय प्रतिनिधित्व पहिल्याउनाका निम्ति प्रस्तुत अध्ययन गरिएको हो । सीमान्तीय अध्ययन अन्तर्गतको सीमान्त वर्गीय प्रतिनिधित्वको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्तरका सामग्रीको उपयोग गरी गुणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्ण बनाइएको छ । सक्रिय प्रतिनिधित्व, परिणामगत कमजोर अवस्थाको प्रतिनिधित्व र विचारधारागत प्रतिनिधित्व गरी तीनओटा प्रारूपको केन्द्रीयतामा यस कथाको मूल्य निरूपण प्रस्तुत लेखमा गरिएको छ । यस लेखको अन्त्यमा सीमान्त वर्गसँग सम्बद्ध पारिवारिक, सामाजिक र सांस्कृतिक समस्यालाई समाधान गरी सीमान्त समुदायलाई मानवअधिकारका साथ जीवनयापन गर्ने पारिवारिक र सामाजिक परिवेशको निर्मिति गरी सीमान्त र प्रभुत्वशाली वर्गबिचको विषमता हटाई समतामूलक समाजको स्थापना गर्नुपर्ने र त्यस कार्यबाट मानवीय श्रेष्ठता कायम भई लोकहित हुने सचेतताको सञ्चार प्रस्तुत कथामा गरिएको एवम् यस्तो लोककल्याणकारी विमर्शलाई प्रभावान्वितिपूर्ण ढङ्गले पाठकसमक्ष पुर्याउने विशिष्ट सिर्जनात्मक सामथ्र्य कथाकार भवानी भिक्षुमा रहेको तथा बौद्धिक वर्गसामाजिक न्यायका निम्ति प्रतिबद्ध रहनुपर्ने सार प्राप्त हुनुलाई निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।

Abstract
117
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

बरई Barai त. T. (2024). माधुरी नानी कथामा सीमान्त वर्गीय प्रतिनिधित्व. Tribhuvan University Journal, 39(2), 312-324. https://doi.org/10.3126/tuj.v39i2.73020

Issue

Section

Science

How to Cite

बरई Barai त. T. (2024). माधुरी नानी कथामा सीमान्त वर्गीय प्रतिनिधित्व. Tribhuvan University Journal, 39(2), 312-324. https://doi.org/10.3126/tuj.v39i2.73020