शान्ति सापकोटाका बालकथामा वैज्ञानिक तथ्य

Authors

  • Bindu Sharma रत्नराज्यलक्ष्मी क्याम्पस, त्रिवि, काठमाडौँ

Keywords:

अन्तरिक्ष, पदार्थ, पर्यावरण, भौगर्भिक परिवर्तन, भौतिक तथ्य, वैज्ञानिक चेतना

Abstract

प्रस्तुत लेखमा शान्ति सापकोटाका बालकथालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त विज्ञानका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त रचनाको वैज्ञानिक तथ्य निरूपण गरिएको छ । सापकोटाको ‘हृदयघात’ कथामा रगत, कोलेस्ट्रोल जस्ता पदार्थीय पात्रमा निहित नैसर्गिकतामा मानवीय क्रियाकलापबाट सिर्जना भएको व्यवधानले निम्त्याएको हृदयघातको स्थितिबाट जोगिन गरेका उपायबाट वैज्ञानिक तथ्य र त्यसले सम्पादन गरेको भूमिका तथा ‘नेपोको जन्म’ कथामा नेपालको भूगर्भमा रहेका इन्डियन र युरोपियन प्लेटको सक्रियता र ठोक्काइको परिणाम उद्घाटन गरिएको छ । यी कथामा वैज्ञानिक तथ्यको उपयोग भएका पात्रमार्फत उद्घाटन भएको भौतिकता, भावनात्मक प्रतिक्रिया एवम् पदार्थको प्राकृतिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा वैज्ञानिक तथ्यको आधारमा बालकथा अध्ययनका निम्ति महजुन–हगेघी, एब्रा, जोन्सन र सोहन (सन् २०१८) तथा क्रुज र ब्रेडा (२०२४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी कथाहरूको पाठगत विश्लेषण गरिएको छ । यसमा दुर्घटनाको सङ्केत र सचेतना, पात्रका रूपमा पदार्थको प्रयोग, भौतिक तथ्यको सरलीकरण र सन्देशका रूपमा परिणामको उद्घाटनको खोजी गरी सापकोटाका बालकथामा प्रस्तुत वैज्ञानिक व्यवहार, क्रियाकलाप र सक्रियता वैज्ञानिक भूमिकाअनुरूप भएको र त्यस वैज्ञानिक कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा दुर्घटना पनि हुन पुगी तिनबाट जोगिने उपायका लागि पनि वैज्ञानिक तथ्यको जानकारी गराई विज्ञानको चेतना संवाहनमा बालकथाको भूमिकालाई सापकोटाका कथाले प्रभावकारी बनाएको निष्कर्ष निकालिएको छ ।

Abstract
80
PDF (Nepali)
0

Downloads

Published

2025-12-31

How to Cite

शान्ति सापकोटाका बालकथामा वैज्ञानिक तथ्य. (2025). Tribhuvan University Journal, 40(2), 223-238. https://doi.org/10.3126/tuj.v40i2.88294

Issue

Section

Science

How to Cite

शान्ति सापकोटाका बालकथामा वैज्ञानिक तथ्य. (2025). Tribhuvan University Journal, 40(2), 223-238. https://doi.org/10.3126/tuj.v40i2.88294