किराती संस्कृतिमा सामाजिक संरचना
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87553Keywords:
पितृपूजा, भूमिपुत्र, मुन्दुम, सुप्तुलुङAbstract
प्रस्तुत लेख संस्वृmतिसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही किराती संस्कृतिमा सामाजिक संरचनाको अध्ययनमा आधारित रहेको छ । किराती समुदायले आदिम समयदेखि आत्मसात् गर्दै आएको संस्कृतिमा सामाजिक संरचनाको स्वरूप केकस्तो रहेको छ र उनीहरूले आत्मसात् गर्दै आएको संस्कृतिलाई अझ बढी समयसापेक्ष र सृजनात्मक कसरी बनाउन सकिन्छ भन्ने विमर्शलाई यस लेखमा प्रस्तुत गरिएको छ । यस अध्ययनका लागि किराती समाजमा निहित सामाजिक, सांस्कृतिक संरचना, प्रभुत्वशाली संस्कृतिले किराती समाजमा पारेको बहुल प्रभाव र त्यसप्रति किराती समुदायको वैचारिकताजस्ता विषयहरूलाई मुख्य आधार बनाइएको छ । यसका साथै किराती संस्कृतिमा सामाजिक संरचनालाई आजको परिप्रेक्ष्यमा सकारात्मक, सृजनशील, प्रभावकारी र किराती पहिचानमुखी बनाउन आवश्यक रहेको कुरालाई यस लेखको निष्कर्षका रूपमा अगाडि सारिएको छ ।