शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ : प्रत्यक्ष एवं अनलाइन कक्षाको एक वैकल्पिक विधि {Serial communication and learning: An alternative method to face-to-face and online classes}

Authors

  • आशिक Ashik सिंह Singh त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल
  • मोहन Mohan पौडेल Poudel त्रि.वि., शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर
  • हेरम्बराज Herambaraj कडेल Kandel श्री विश्वनिकेतन मा.वि, त्रिपुरेश्वर

Keywords:

अनलाइन कक्षा, डिजिटल डिभाइड, शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ, सिकाइ अवरोध, सिकाइ ह्रास

Abstract

प्रस्तुत लेख विभिन्न प्राकृतिक प्रकोप तथा रोग सङ्क्रमणको अवस्था वा अन्य कारणहरूले विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुन नसक्ने परिस्थितिमा विद्यार्थीहरूको सिकाइमा निरन्तरता दिनका लागि अवलम्बन गर्न सकिने उपायहरूमा केन्द्रित छ । यस अध्ययनमा गुणात्मक ढाँचाअन्तर्गत घटना अध्ययन विधिको प्रयोग गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि सामुदायिक विद्यालयका बिस जना शिक्षकहरूलक्षित समूह छलफल र कार्यशालामा सहभागी बनाइएका छन्। लक्षित समूह छलफलर कार्यशाला सञ्चालन निर्देशिकाहरू प्रयोग गरी यस अध्ययनका लागि तथ्याङ्क सङ्कलन र सङ्कलित तथ्याङ्ककोविश्लेषण वर्णनात्मक तरिकाले गरिएको छ । यसमा कोभिड १९ का कारण विद्यालयहरू बन्द भई शिक्षण सिकाइ क्रियाकलापहरू पूर्णतया रोकिएको अवस्थामा विद्यालयले पठनपाठन सुचारु गर्न गरेका विभिन्न वैकल्पिक माध्यमहरूको प्रयोग र त्यसबाट विद्यालय एवम् शिक्षकहरूले भोग्नुपरेका चुनौती र समस्याहरू साथै ती समस्या एवम् चुनौतीहरूलाई समाधान गर्न अवलम्बन गरेका उपायहरू प्रस्तुत गरिएको छ । भविष्यमा पनि बाढी, पहिरो, हिमपात, भूकम्प, महामारी जस्ता विषम परिस्थतिले गर्दा विद्यालयको पठनपाठन र सिकाइमा अवरोध आउन सक्दछ । यस्ता दैवी प्रकोपबाट विद्यार्थीहरू दुईतीन महिनासम्म पनि विद्यालयमा जान नसक्ने अवस्था बेलाबखत सिर्जना हुन्छ । तसर्थ अनलाइन कक्षामा पनि, भौतिक कक्षामा पनि उपस्थित हुन नसक्ने विद्यार्थीका लागि शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ उत्तम विकल्प हुन सक्ने यस लेखको निष्कर्ष रहेको छ ।

Abstract
449
PDF
0

Downloads

Published

2023-11-20

How to Cite

सिंह Singh आ. A., पौडेल Poudel म. M., & कडेल Kandel ह. H. (2023). शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ : प्रत्यक्ष एवं अनलाइन कक्षाको एक वैकल्पिक विधि {Serial communication and learning: An alternative method to face-to-face and online classes}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 1-26. https://doi.org/10.3126/bns.v45i25.59950

Issue

Section

Articles

How to Cite

सिंह Singh आ. A., पौडेल Poudel म. M., & कडेल Kandel ह. H. (2023). शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ : प्रत्यक्ष एवं अनलाइन कक्षाको एक वैकल्पिक विधि {Serial communication and learning: An alternative method to face-to-face and online classes}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 1-26. https://doi.org/10.3126/bns.v45i25.59950