विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउने उपायहरू {Measures to make the school improvement plan effective}

Authors

  • दिपक Dipak खनाल Khanal त्रि.वि., शिक्षा विकास तथा अनुसन्धान केन्द्र, बल्खु, काठमाडौ

DOI:

https://doi.org/10.3126/bns.v45i25.59953

Keywords:

योजना निर्माण, अनुकूल कार्यवातावरण, उत्कृष्ट कार्यसम्पादन, गुणस्तरीय शिक्षा

Abstract

प्रस्तुत लेख विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउने उपायहरूमा केन्द्रित रहेको छ । यस लेखको मुख्य उद्देश्य विद्यालय सुधारयोजना निर्माण र कार्यान्वयनबाट विद्यालयका विभिन्न पक्षमा सकारात्मक परिवर्तन ल्याउने रहेको छ । काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकाभित्र रहेका ११ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई उद्देश्यमूलक नमुना छनोट विधिबाट चयन गरी सरोकारवालाको प्रतिनिधिमूलक सहभागिताको आधारमा अन्तरक्रिया, सामूहिक छलफल, अन्तरवार्ता, प्रश्नावली र अवलोकनजस्ता साधनहरूको प्रयोग गरी प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ । विभिन्न अनुसन्धानमूलक लेखहरू, अनुसन्धान प्रतिवेदनहरू र अन्य दस्तावेजहरूबाट द्वितीय स्रोतको रूपमा सूचना तथा जानकारी प्राप्त गरिएको छ । यस अध्ययनमा मिश्रित अनुसन्धान ढाŖचाको प्रयोग गरिएको छ । यस अध्ययनमा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूसंग गरिएको अन्तर्वार्ता र जानकारीबाट प्राप्त सूचनालाई अन्य सरोकारवाला व्यक्तिहरूसŖग उनीहरूको दृष्टिकोणलाई वैधता दिनका लागि त्रिभुजीकरण गरेर विभिन्न ऐननियमसंग तुलना गरी विश्लेषण गरिएको छ । हर्जवर्ग, १९५९ ले भने झैŖ उत्कृष्ट कार्यसम्पादनलाई अभिप्रेरित गर्न अनुकूल वातावरण तयार गर्ने कुरा यस अध्ययन क्षेत्रमा समेत सान्दर्भिक भएको देखिन्छ । अध्ययन क्षेत्रका विद्यालयहरूले योजना निर्माण गर्दा भौतिक पक्षलाई बढी प्राथमिकता दिएको पाइयो । निर्माण भएका योजना नब्बे प्रतिशतभन्दा बढी कार्यान्यन भएका छन्। निर्माण र कार्यान्वयन गरिएका योजनाबाट सरोकारवालापक्षको क्षमता अभिवृद्धि, भौतिक पक्षको सुधार, आर्थिक पारदर्शिता, सिकाइ उपलब्धिमा अभिवृद्धि, स्थानीय स्रोत साधनको अधिकतम उपयोगजस्ता परिवर्तनहरू आएका छन् । विद्यालय सुधार योजनालाई अझ बढी प्रभावकारी बनाउन सम्बन्धित व्यक्तिमा अपनत्वको भावना जागृत हुनुपर्ने, समन्वय, प्रभावकारी निरीक्षण र अनुगमन, अनुकूल, कार्यवातावरण, निर्माण, दण्ड एवम् पुरस्कारलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जस्ता उपायहरू सरोकारवालाले औंल्याएका छन् । अतः सरोकारवालाले औल्याए जस्तै अनुकूल विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउने उपायहरू कार्यवातावरण निर्माण गरी विद्यालय सुधार योजनालाई अझ बढी प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
70
PDF
86

Downloads

Published

2023-11-20

How to Cite

खनाल Khanal द. D. (2023). विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउने उपायहरू {Measures to make the school improvement plan effective}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 70–80. https://doi.org/10.3126/bns.v45i25.59953

Issue

Section

Articles