माध्यमिक तहका सन्थालीभाषी विद्यार्थीहरूले नेपाली प्रयोगमा गरेका त्रुटि र तिनको निराकरणका उपाय {Errors Made by Santhali Speaking Students of Secondary Level in Using Nepali and the Ways of Their Solutions}

Authors

  • भवानीराम Bhawani Ram शर्मा Sharma Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v26i1.61447

Keywords:

त्रुटि {error}, मातृभाषा {mother tongue} , मानक नेपाली {standard Nepali}, सन्थाल {Santhal}, स्तरीय {standard norm}

Abstract

प्रस्तुत अध्ययन माध्यमिक तहका दोस्रोभाषी विद्यार्थीहरूले नेपालीको उच्चारण र लेखाइमा गर्ने त्रुटि र त्यसले मानक र स्तरीय नेपालीमा पार्ने प्रभावगत समस्यामा केन्द्रित रहेको छ । दोस्रोभाषी विद्यार्थीका रूपमा सन्थालीभाषालाई मातृभाषाको रूपमा प्रयोग गर्ने माध्यमिक तहमा अध्ययनरत १६ जना विद्यार्थीलाई नमुनाको रूपमा छनोट गरिएको छ । यस लेखको मुख्य उद्देश्य सन्थालीभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि पत्ता लगाई उनीहरूलाई मानक नेपाली सिकाउने उपायको खोजी गर्नु रहेको छ । यस अध्ययनमा मूलतः प्राथमिक सामग्रीलाई उपयोग गरिएको छ भने गुणात्मक र परिमाणात्मक दुवै ढाँचाको उपयोग गरिएको छ । यसमा उद्देश्यमूलक प्रक्रियाबाट अध्ययन क्षेत्र छनोट र सम्भावनायुक्त प्रक्रियाबाट नमुना छनोट गरिएको छ भने वर्णनात्मक विधिबाट तथ्याङ्कको व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनबाट नमुना स्वरूप दोस्रोभाषीका रूपमा छानिएका माध्यमिक तहमा अध्ययनरत सन्थालीभाषी विद्यार्थीहरूले नेपालीको उच्चारणमा भन्दा लेखाइमा बढी त्रुटिहरू गरेको देखिन्छ । विशेष गरी अजन्त, हलन्त, संयुक्त वर्ण, रेफ, ण को उच्चारण तथा लेख्य चिह्न, पदसङ्गति, पदयोग र पदवियोग जस्ता लेखाइमा त्रुटिहरू गरेको पाइन्छ । मातृभाषाको प्रभाव, भाषा सिकाइमा भएका असहजता, असावधानी र लापर्बाहीका कारण त्रुटिहरू सिर्जना भएको देखिन्छ ।  त्रुटि निराकरणका लागि समस्यापूर्ण क्षेत्र पहिचान गरी त्यसको कारण पत्ता लगाएर सन्थालीभाषी विद्यार्थीहरूलाई आवश्यकतानुसार मानक सामग्री तयार गरी उच्चारण गर्न लगाएर, लिखित तथा मौखिक प्रतियोगितात्मक क्रियाकलाप सञ्चालन गरेर,  लिखित प्रश्नोत्तर गराएर, हौसला प्रदान गरेर, उनीहरूको आत्मविश्वास बढाएर,  निरन्तर मूल्याङ्कन र अनुगमन गरी आवश्यक पृष्ठपोषण प्रदान गरेर एवम् सहकार्यात्मक अभ्यास गराएर त्रुटि न्यूनीकरण गरी मानक नेपाली भाषा सिकाउन सकिन्छ ।

{This study focuses on the errors made by the second language learners of the secondary level while pronouncing and writing the Nepali language, and the problems related to impact they make on   the accepted and standard Nepali. Sixteen secondary level students speaking the Santhali language as their mother tongue have been selected as the sample. The main purpose of this study is to identify the errors made by the Santhali-speaking students in Nepali pronunciation and writing, and then find out the ways of teaching standard Nepali to them. In this study, only the primary sourses have been used whereas both qualitative and quantitative designs have been used. The study area has been purposively chosen and the sample randomly selected, while the data have been analyzed and interpreted using the descriptive method. From this study, it has been found that the Santhali-speaking students as second language learners studying at the secondary level selected as a sample, make more errors in writing than in the pronunciation of Nepali. Specifically, mistakes are made in writing such as ajanta, halanta, combined characters, reph, pronunciation of rna, punctuations, padasangati (word agreement), word combination and detachment (padayoga and padaviyoga). The errors seem to have been caused because of the influence of the mother tongue, discomfort of language learning, inattention and carelessness. For minimizing the errors, standard Nepali can be taught to the Santhali-speaking students by identifying the problematic areas for solving errors and finding out the reasons for them, preparing standard materials and making them pronounce as necessary, conducting writing and oral competitive activities, giving them encouragement, increasing their confidence, and providing necessary feedback by continuously evaluating and monitoring them, and involving them in collaborative practice in standard Nepali.}

Downloads

Download data is not yet available.
Abstract
29
PDF
31

Author Biography

भवानीराम Bhawani Ram शर्मा Sharma, Tribhuvan University

Mahendra Ratna Multiple Campus

Ilam

Downloads

Published

2022-12-31

How to Cite

शर्मा Sharma भ. B. R. (2022). माध्यमिक तहका सन्थालीभाषी विद्यार्थीहरूले नेपाली प्रयोगमा गरेका त्रुटि र तिनको निराकरणका उपाय {Errors Made by Santhali Speaking Students of Secondary Level in Using Nepali and the Ways of Their Solutions}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 26(1), 57–66. https://doi.org/10.3126/bns.v26i1.61447

Issue

Section

Articles