मेरो चोक कविताको सङ्कथन विश्लेषण र यसको शैक्षणिक सन्दर्भ {Compositional Analysis of Mero Chok Kavita and its Pedagogical Context}

Authors

  • रविकिरण Ravikiran अधिकारी Adhikari Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v26i1.61448

Keywords:

अध्याहार {ellipsis}, अन्तर्बन्धन {interweaving}, निदर्शन {performance}, संसक्ति {cohesion} , सङ्केतन {notation}

Abstract

प्रस्तुत लेख कवि भूपी शेरचनद्वारा रचित ‘मेरो चोक’ कविताको अध्ययनमा आधारित छ । उक्त कवितालाई सङ्कथन विश्लेषण सिद्धान्तका आधारमा भाषानिष्ठ एवम् वस्तुपरक विश्लेषण गरी मूल आशय पहिल्याउनुका साथै अभिव्यक्ति सौन्दर्यको उद्घाटन गर्नु र त्यसको शैक्षणिक उपयोगिता ठम्याउनु यस लेखको उद्देश्य हो । यसका लागि आवश्यक सामग्री समीक्षात्मक कार्यका आधारमा सङ्कलन गरिएको छ । प्राथमिक सामग्रीका रूपमा ‘मेरो चोक’ कवितालाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा सङ्कथन विश्लेषणसम्बन्धी लेख एवम् ग्रन्थहरूको उपयोग गरिएको छ । यस लेखमा स्थापित सिद्धान्तका आधारमा पाठको अध्ययन गरिएको हुँदा मूलतः निगमनात्मक विधि प्रयोग गरी तथ्य विश्लेषण गरिएको छ भने आवश्यकता हेरी आगमनात्मक विधि पनि अपनाइएको छ । विश्लेषणबाट प्राप्त तथ्यका आधारमा विभिन्न व्याकरणिक र कोशीय युक्तिहरूले पाठमा प्रयुक्त भाषिक एकाइहरूलाई संसक्त तुल्याएको एवम् लयविधानसँग सम्बन्धित उपकरणहरूको कुशल संयोजनद्वारा लयसौन्दर्य र भावसौन्दर्यलाई उन्नत पारिएको हुँदा संसक्ति व्यवस्था एवम् लयविधान दुवै दृष्टिले कवितात्मक सङ्कथन उत्कृष्ट रहेको निष्कर्ष प्रस्तुत गरिएको छ । विधा शिक्षणका सन्दर्भमा भाषिक/साहित्यिक सङ्कथनको बोध र अभिव्यक्ति क्षमता विकास गर्न एवम् कवितात्मक शैलीको पहिचान गरी तदनुरूप प्रयोगमा प्रवृत्त हुन उक्त कविताको सङ्कथन विश्लेषणबाट पर्याप्त सहयोग लिन सकिने अध्ययनको निष्कर्ष रहेको छ ।

{This article is based on the study of the poem 'Mero Chok' composed by poet Bhupi Sherchan. The purpose of this article is to find out the original meaning of the poem by analyzing it linguistically and objectively on the basis of the discourse analysis theory, as well as to trace the beauty of expression and to determine its educational utility. The necessary materials for this study have been collected on the basis of the review works. The poem 'Mero Chok' has been taken as the primary source of the study, while the articles and books on discourse analysis have been used as the secondary sources of the study. In this article, since the text is studied based on the principles established, the facts are analyzed using the deductive method, yet the inductive method is also adopted considering the need. On the basis of the facts obtained from the analysis, it is concluded that the poetic composition is excellent in terms of both grammatical and lexical devices, because the linguistic units used in the text are integrated with various grammatical and lexical devices and rhythmic beauty and emotional beauty are enhanced with a skillful combination of the tools related to rhythm. The conclusion of the study is that in the context of genre teaching, the analysis of the discourse of poetry can provide sufficient support for developing the understanding and expressive ability of linguistic/literary discourse and the tendency of identifying the poetic style and use it accordingly.}

Downloads

Download data is not yet available.
Abstract
19
PDF
27

Author Biography

रविकिरण Ravikiran अधिकारी Adhikari, Tribhuvan University

Central Department of Education

Downloads

Published

2022-12-31

How to Cite

अधिकारी Adhikari र. R. (2022). मेरो चोक कविताको सङ्कथन विश्लेषण र यसको शैक्षणिक सन्दर्भ {Compositional Analysis of Mero Chok Kavita and its Pedagogical Context}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 26(1), 67–84. https://doi.org/10.3126/bns.v26i1.61448

Issue

Section

Articles