शैक्षिक सामग्रीको प्रयोगप्रति आधारभूत तहका शिक्षक तथा प्रधानाध्यापकको अवधारणा {Basic Level Techers’ and Headmasters’ Perceptions of the Use of Teaching Materials}

Authors

  • बद्रिप्रसाद Badri Prasad फुएल fuyal Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v26i1.61464

Keywords:

आधारभूत तह {basic level}, धारणा {perception}, शिक्षण अनुभव {teaching experience} , शैक्षिक सामग्री {teaching material}, सामुदायिक विद्यालय {community school}

Abstract

यस लेखको उद्देश्य आधारभूत तहको सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षक तथा प्रधानाध्यापकहरूमा शैक्षिक सामग्रीप्रतिको अवधारण पत्ता लगाउने रहेको छ । यो अध्ययन गुणात्मक ढाँचाबाट सम्पन्न गर्ने क्रममा उत्तरदाताबाट शाब्दिक सूचना सङ्कलन गरिएको छ भने सो सूचनाको विश्लेषण पनि व्याख्यात्मक ढङ्गले नै गरिएको छ । अध्ययनका क्रममा प्राथमिक सूचना अध्ययनकर्ता स्वयम् सम्बन्धित क्षेत्रमा उपस्थित भएर नमुना छनोटमा परेका व्यक्तिहरूसँग अन्तर्वार्ता र  प्रश्नावलीको उपयोग गरी सङ्कलन गरिएको छ । त्यस्तै अध्ययनसँग सम्बन्धित लिखित रूपमा रहेका प्रकाशित तथा अप्रकाशित सामग्रीहरूबाट  द्वितीयक सूचना समेत उपयोग गरिएको छ । प्राथमिक सूचना सङ्कलन गर्न इलाम जिल्लालाई सुविधाका आधारमा छनोट गरी चिट्ठाका माध्यमद्वारा कुल २९४ वटा सामुदायिक विद्यालय मध्येबाट १२० जना शिक्षक र प्रधानाध्यापकलाई समान सम्भावनायुक्त नमुना छनोट विधिबाट छनोट गरिएको छ । अध्ययनको सिलसिलामा आएका सूचनाहरूलाई वर्गीकरण गर्दै विषयगत आधारमा विश्लेषण एवम् छलफल गरिएको छ । छनोटमा परेका सामुदायिक आधारभूत विद्यालयमा शिक्षण गर्ने शिक्षकहरू न्यूनतमभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गर्नाका साथै तालिमसमेत प्राप्त गरेको अवस्था हुँदाहुँदै शैक्षिक सामग्रीप्रति उनीहरूमा सकारात्मक अवधारणा साथै शिक्षणलाई प्रभावकारी बनाउने जाँगरको कमी देखिन्छ । शिक्षणमा सामग्रीको प्रयोगले समय खेर फाल्नुका साथै यसको प्रयोगबिना पनि प्रभावकारी शिक्षण गर्न सकिने धारणा राख्नु शिक्षक एवम् प्रधानाध्यापकमा नकारात्मक भावना हावी भएको देखिएको हुँदा यसलाई अनुगमन एवम् पुनर्ताजगी तालिमलाई कार्यशालाका रूपबाट सञ्चालन गरेर उनीहरूको सोचमा सकारात्मक भावनामा ल्याउनु आवश्यक देखिन्छ ।

{The major objective of this study is to explore basic level community school teachers’ and headmasters’ perceptions of teaching materials. In line with the qualitative design, the information has been collected in the verbal form and analyzed descriptively. In the course of the study, the primary information has been collected from the selected individuals by the researcher himself using the interview and the questionnaire as the research tools. Similarly, other published as well as unpublished resources have been utilized as the secondary source of information. For obtaining the primary information, Ilam district has been selected on the convenience basis, and of the total of 294 basic community schools, 120 teachers have been selected as the respondents randomly. The information collected in the course of the study has been thematized and categorized, and then discussed. The study reveals that the teachers and headmasters selected for the study have only a small degree of positive perception and less spirit for teaching even though they have higher qualifications than are required and are trained. It prevails among them that the use of teaching materials is a waste of time and that effective teaching is possible even without teaching materials, meaning ultimately that they have negative perceptions of teaching materials. Hence, it is necessary to bring about positive perceptions among them by means of monitoring and refreshers in the form of workshops.}

Downloads

Download data is not yet available.
Abstract
32
PDF
41

Author Biography

बद्रिप्रसाद Badri Prasad फुएल fuyal, Tribhuvan University

Mahendra Ratna Multiple Campus, Ilam

Downloads

Published

2022-12-31

How to Cite

फुएल fuyal ब. B. P. (2022). शैक्षिक सामग्रीको प्रयोगप्रति आधारभूत तहका शिक्षक तथा प्रधानाध्यापकको अवधारणा {Basic Level Techers’ and Headmasters’ Perceptions of the Use of Teaching Materials}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 26(1), 119–130. https://doi.org/10.3126/bns.v26i1.61464

Issue

Section

Articles