स्नातकोत्तर तहको नेपाली विषयको पाठ्यक्रममा लैङ्गिक चेतना {Gender Awareness in Postgraduate Level Nepali Curriculum}

Authors

  • रजनी Rajani ढकाल Dhakal Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v26i1.61465

Keywords:

लैङ्गिक प्रतिनिधित्व {Gender representation}, लैङ्गिक प्रतिरोध {gender resistance}, लैङ्गिक विभेद {gender discrimination}, लैङ्गिक समता {gender equality}, सामाजिक न्याय {social justice}

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख स्नातकोत्तर तह मानविकी सङ्कायको नेपाली विषयको पाठ्यक्रममा रहेका रचनामा लैङ्गिक चेतनाको विश्लेषणमा केन्द्रित छ । बदिलँदो सामाजिक मूल्यमान्यता अनुसार पाठ्यक्रममा लैङ्गिक संवेदना र त्यसको चेतनाको पाटो महत्त्वपूर्ण रहेको छ । प्रस्तुत अध्ययनमा स्नातकोत्तर तहको नेपाली विषयमा चयन गरिएका रचनामा रहेको लैङ्गिक चेतनाको अवस्थालाई लैङ्गिकताको सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा आधुनिक नेपाली साहित्यका आख्यान, नाटक र कविताकाव्यका पाठ्यक्रममा समाविष्ट रचनाहरूको लैङ्गिक प्रतिनिधित्व र लैङ्गिक प्रतिरोधी चेतनाका पक्षबाट अध्ययन गर्दा पाठ्यसामग्रीको गहन पठनबाट प्राप्त सामग्रीलाई विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । स्नातकोत्तर तह नेपाली विषयको पाठ्यक्रमको विश्लेषणका क्रममा यसमा लैङ्गिक प्रतिनिधित्व र समताको अवस्था, महिला र पुरुषले निर्वाह गर्ने परम्परागत भूमिका, लैङ्गिक उत्पीडनका विरुद्धको प्रतिरोध तथा सामाजिक न्यायका दृष्टिले पाठ्यक्रममा रहेका पाठहरूको लैङ्गिक विश्लेषण गरिएको छ । पाठहरूको विश्लेषणको आधारलाई व्यवस्थित गर्न पाठको तालिकीकरण गरी उक्त तालिकाका आधारमा पाठ्यक्रमका विधाहरूको पाठपरक र विषयवस्तुपरक विश्लेषण गरिएको छ । यस आधारमा स्नातकोत्तर तहको नेपाली पाठ्यक्रममा प्रतिनिधित्व, सन्तुलन र समन्वयका दृष्टिले बढी मात्रामा पुरुषपक्षीय भएको निष्कर्ष प्रस्तुत गरिएको छ । गुणात्मक ढाँचा अवलम्बन गरिएको यस अनुसन्धानमा लैङ्गिक संवेदना र पाठ्यक्रम तथा पाठ्यक्रममा रहेका पाठमा लैङ्गिक सन्तुलनको पक्ष समावेशी हुन नसकेको निष्कर्ष समेत प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

{This research article focuses on the analysis of gender awareness in the composition of the postgraduate level curriculum of Nepali subject in the Faculty of Humanities and Social Sciences. According to changing social values, gender sensitivity and its awareness are important in the curriculum. In this study, the status of gender consciousness in the selected works on Nepali subjects at the post-graduate level has been analyzed based on the theoretical recognition of gender. In this study, the gender representation of works within the curriculum of modern Nepali literature, including narratives, dramas, and poetry, along with gender resistance consciousness, has been examined. The material obtained from the intensive reading of textbooks was analyzed using the analytical method. During the analysis of the postgraduate-level Nepali subject curriculum, this study examined gender representation, the state of equality, traditional roles performed by women and men, resistance against gender oppression, and social justice. To organize the foundation of the textual analysis, genres of the courses were subjected to both textual and thematic analyses, using tabulation as a tool. Consequently, the conclusion was drawn that postgraduate Nepali courses exhibit a bias towards male representation, lacking balance and coordination. Within the qualitative framework of this research, it was also found that gender sensitivity and the aspect of gender balance were not incorporated into the curriculum.}

Downloads

Download data is not yet available.
Abstract
46
PDF
204

Author Biography

रजनी Rajani ढकाल Dhakal, Tribhuvan University

Central Department of Nepali 

Downloads

Published

2022-12-31

How to Cite

ढकाल Dhakal र. . R. (2022). स्नातकोत्तर तहको नेपाली विषयको पाठ्यक्रममा लैङ्गिक चेतना {Gender Awareness in Postgraduate Level Nepali Curriculum}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 26(1), 131–150. https://doi.org/10.3126/bns.v26i1.61465

Issue

Section

Articles