त्रिआवयविक शब्द ॐ को शास्त्रीय मूल्य र प्राज्ञिक उपयोगिता The Classical Value and Academic Implications of the Triune Om
DOI:
https://doi.org/10.3126/bns.v28i1.75571Keywords:
ॐ, अवधारणा, उपनिषद्, उपादेयता, लाभAbstract
विभिन्न धार्मिक एवम् सांस्कृतिक परम्परामा अत्यन्तै पावन मानिने ॐ शब्दको विषयमा उठेको विवाद र उक्त शब्दको अवधारणाप्रतिको आफ्नो जिज्ञासा नै यस लेखका प्रेरक पक्ष हुन् । ॐसम्बन्धी अवधारणात्मक स्पष्टता ल्याउने ध्येयले ॐ शब्दलाई कसरी बुझ्न सकिएला, शास्त्र तथा अनुसन्धानहरूले ॐ को महत्त्वको व्याख्या कसरी गरेका छन् र ॐ साधनाका केकस्ता उपादेयता हुन सक्छन् भन्ने प्रश्नहरूको उत्तरमा यो लेख केन्द्रित छ । यस लेखमा शास्त्रहरूको अध्ययन, आचार्यहरूको प्रवचन श्रवण र मननद्वारा सूचनाहरू निर्माण गर्दै ती सूचनाहरूमा चिन्तन गरी त्यसबाट निर्माण गरिएको बुझाइको व्याख्या गरिएको छ । यस अध्ययनले देखाए अनुसार ॐ बहुआयामिक अर्थले युक्त अवधारणा हो । यसलाई ब्रह्मको प्रतीक, वैदिक महावाक्य, त्रिगुणको बिम्ब, सामाजिक तथा सांस्कृतिक अनुष्ठानको आधार, मानिसको मनको अवस्थाबोधक, वाणी÷ध्वनिको आधार, सृष्टि व्रिmयाप्रव्रिmयाको बिम्ब, त्रिलोक, त्रिदेव, त्रिवेद, त्रिअग्नि, ज्ञान वा विद्याको सार, आदिको रूपमा बुझ्नुपर्छ । यी कुराहरूको लाक्षणिक र बिम्बात्मक अर्थ छन् । विविध सांस्कृतिक परम्परा र उद्देश्यअनुसार ॐ को साधना गर्ने विधिमा विविधता भए पनि लक्ष्य एउटै छ । उपचारात्मक प्रयोजनका लागि प्राणायाम र योग आसनहरूसँग जोडेर ॐ जप गरिन्छ । यसबाट आध्यात्मिक, शारीरिक, मानसिक, संवेगात्मक र रोगनिवारणसम्बन्धी लाभहरू प्राप्त हुन्छन् । सांस्कृतिक पहिचान, व्यक्तित्व विकास, उपचार पद्धति, शिक्षण विधिशास्त्र र अध्ययन अध्यापनको विषयका रूपमा ॐ को उपादेयता व्याख्या गर्न सकिन्छ । अन्य देशमा ॐ सम्बन्धी अध्ययन अनुसन्धान भए तापनि हाम्रो समाज र अनुसन्धान गर्ने निकायहरूले यस विषयमा कम चासो राखेको पाइन्छ । यस्ता विषयमा अनुसन्धातालाई अनुसन्धान र लेखनका लागि उत्प्रेरित गर्नु प्राज्ञहरू र प्राज्ञिक निकायको दायित्व हो ।
The disputes surrounding the word "Om," which is considered very sacred in various religious and cultural traditions, and my own curiosity about the concept of the word are the motivating factors of this article. With the aim of bringing conceptual clarity to Om, this article focuses on answering such questions as how the word "Om" can be understood, how treatises and research have explained the significance of Om, and what kinds of implications the practice of Om can have. This article explains the understanding created by studying the holy treatises, listening to the discourses of scholars, and reflecting on that information. As this study shows, Om is a concept with multidimensional meanings. It should be understood as a symbol of the Brahma, a Vedic Mahavakya, an image of the three qualities, the basis of social and cultural rituals, an indicator of the state of the human mind, the basis of speech/sound, an image of the process of creation, the three worlds, the three gods, the three Vedas, the three fires, the essence of knowledge or lore, etc. These things have symbolic and figurative meanings. Although the methods of practicing Om vary according to different cultural traditions and objectives, the goal is the same. Om is chanted in conjunction with pranayama and yoga asanas for therapeutic purposes. This provides spiritual, physical, mental, emotional and disease-related benefits. The usefulness of Om can be explained as a subject of cultural identity, personality development, treatment methods, teaching methodology, and pedagogy. Although studies and research on Om are conducted in other countries, the Nepali society and research institutions are less interested in this subject. It is the responsibility of academics and academic institutions to motivate researchers to research and write on such subjects.
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.