विद्यार्थी सिकाइ परीक्षण र मूल्याङ्कनसम्बन्धी शिक्षक तथा प्रधानाध्यापकको बुझाइ र विद्यालयका अभ्यास Teachers and Headteachers’ Perceptions of the Testing and Evaluation of Student Learning and Practices at Schools
DOI:
https://doi.org/10.3126/bns.v28i1.75707Keywords:
परीक्षण, मूल्याङ्कन, शिक्षक, सिकाइ, परीक्षण सीपAbstract
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन र सिकाइमा भएको कठिनाइ पत्ता लगाई सोअनुसारको सहयोग उपलब्ध गराउनका लागि शिक्षकमा विद्यार्थीको सिकाइ परीक्षणको राम्रो बुझाइ र सोअनुसार अभ्यास गर्ने सिप आवश्यक पर्छ । शिक्षक तयारीका रूपमा विद्यालय तथा विश्वविद्यालयमा विद्यार्थीको परीक्षणसँग सम्बन्धित सैद्धान्तिक ज्ञान र केही व्यावहारिक सिप पनि सिकाउने गरिन्छ । नेपालमा शिक्षक सेवा आयोगले शिक्षक हुनका लागि आवश्यक पर्ने अध्यापन अनुमतिपत्रको परीक्षा र शिक्षक छनोटको लागि लिने खुला प्रतियोगितात्मक र आन्तरिक प्रतियोगितात्मक परीक्षामा पनि सिकाइ परीक्षण र मूल्याङ्कनका विषयहरू समावेश गरीएको पाठ्यक्रम तयार गरेको छ । सेवाप्रवेशपछि हुने विभिन्न तालिमहरूमा पनि यस्ता विषयहरूको अभिमुखीकरण गरिन्छ । यो लेखको उद्देश्य शिक्षकको तयारी तथा सेवाप्रवेश र अन्य पेसागत तालिमको पाठ्यक्रममा समावेश भएका सिकाइ परीक्षण र मूल्याङ्कनसम्बन्धी विषयवस्तुको प्रयोगको अवस्था र सोअनुसार शिक्षकहरूमा भएको सिकाइ परीक्षणसम्बन्धी बुझाइको विश्लेषण गर्ने रहेको छ । विषयवस्तुको विश्लेषणका लागि त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहको र शिक्षक सेवा आयोगको पाठ्यक्रमको विश्लेषण गरिएको छ भने विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूमा भएको सिकाइ परिक्षणसम्बन्धी बुझाइको विश्लेषणका लागि संरचित प्रश्नावलीमार्फत ५३ जना सहभागीबाट परिमाणात्मक तथ्याङ्क र प्रतिनिधिमूलक रूपमा पाँच जना शिक्षक र प्रअबाट गुणात्मक सूचनासमेत सङ्कलन गरी विश्लेषण गरिएको छ । विश्वविद्यालय र शिक्षक सेवा आयोगको पाठ्यक्रममा धेरै विषयवस्तु एउटै रहेको देखिन्छ । विश्वविद्यालयको शिक्षक तयारी विद्यालयमा गर्ने अभ्यासका लागि पर्याप्त हुन सकिरहेको छैन । परिमाणात्मक तथ्याङ्कबाट विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरूले सिकाइ परीक्षण कार्यलाई शिक्षण सिकाइको एउटा अवयवको रूपमा प्रयोग गर्न नसकेको पाइयो । यसैगरी सघन अन्तर्वार्ता, कक्षा १ देखि ३ सम्मका विद्यालयहरूले गरेका परीक्षासम्बन्धी अभ्यास र केही तथ्याङ्कले शिक्षक तथा प्रधानाध्यापकमा सिकाइ परीक्षणसम्बन्धी बुझाइमा पनि स्पष्टता हुन नसकेको पाइएको छ ।
To make student learning effective and to identify learning difficulties and provide support accordingly, teachers need to have a good understanding of the testing and evaluation of student learning and skills to practice accordingly. As a teacher preparation, theoretical knowledge related to student testing and some practical skills are also taught in schools and universities. In Nepal, the Teacher Service Commission has prepared a curriculum that includes the testing of learning and evaluation contents in the teaching license examination and open competition as well as the other internal competition examinations required for teacher selection. Orientation on such topics is also provided in various post-service training courses. The purpose of this article is to analyze the status of the use of learning testing and evaluation contents included in the curriculum of teacher preparation and pre-service and other professional training, and accordingly, the perceptions of testing and evaluation of learning among teachers. For the analysis of the content, the undergraduate and postgraduate curricula of the Faculty of Education of Tribhuvan University and the Teachers Service Commission have been analyzed. In order to analyze the perceptions of testing learning among school headteachers and teachers, quantitative data has been collected from a total of 53 participants and qualitative information has been collected from five teachers and headteachers as a representative sample through a structured questionnaire. It seems that numerous contents are the same in the curricula of the university and the Teachers Service Commission. The university's teacher preparation is not sufficient for practice in schools. From the quantitative data, it was found that the principals and teachers in schools have not been able to use tests as a component of teaching and learning. Similarly, from the intensive interviews, examination-related practices conducted by schools from grades 1 to 3, and some data it has also been found that the teachers and the headteachers have no clarity in the understanding of the testing of learning.
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.