राजनीतिशास्त्र शिक्षाका लागि प्रभावकारी शिक्षण विधिहरू Effective Teaching Methods for Political Science Education
DOI:
https://doi.org/10.3126/bns.v28i1.77722Keywords:
मूल्याङ्कन, राजनीतिशास्त्र शिक्षा, शिक्षण विधि, शैक्षिक सामग्री, सिकारुAbstract
शिक्षणको प्रभावकारिताका लागि शिक्षण विधिको केन्द्रीय भूमिका रहन्छ । शिक्षणका लागि विधिले खाका र आधार प्रस्तुत गर्छ । शिक्षण सामयिक, चुनौतिपूर्ण र सङ्घर्षशील मानसिक कार्य भएको हुनाले शिक्षकले विषयवस्तुको प्रस्तुति सहजताका साथ गर्नुपर्छ । शिक्षण विधिले सिकाइका सम्बद्ध पक्षहरूबिच सहकार्य र समन्वय गर्न सक्नुपर्छ । शिक्षण विधिको चयनमा शिक्षकको भूमिका नै माथि रहे तापनि चयनका विभिन्न आधारहरूलाई शिरोधार्य गर्दै विद्यार्थी केन्द्रित विधिको प्रयोगमा जोड दिनुपर्छ । शिक्षण क्रियाकलापलाई विद्यार्थीको सिकाइसँग जोड्न सक्नुपर्छ । शिक्षण विधि चयनका मापदण्ड प्रस्तुत गर्दै राजनीतिशास्त्र शिक्षामा प्रयोगमा आउने प्रमुख विधिहरू व्याख्यान, छलफल, समस्या समाधान, प्रश्नोत्तर र क्षेत्र भ्रमण विधिको अवधारणा, सबल र दुर्बल पक्ष र कस्ता कस्ता विषयवस्तुको अध्ययनमा यी विधिको उपयोग गर्न सकिन्छ भन्ने आधारहरूको खोजी गर्नु यस लेखको प्रमुख उद्देश्य हो । प्रस्तुत अध्ययनले विधिको प्रभावकारिताका लागि चालिनुपर्ने कदमहरूको बारेमा समेत विश्लेषण प्रस्तुत गरेको छ । यो लेख पुस्तकालयीय, गुणात्मक र विश्लेषणात्मक अध्ययन विधिको उपयोग गरेर तयार पारिएको छ । अध्ययनको नतिजाको रूपमा व्याख्यान, छलफल, प्रश्नोत्तर, समस्या समाधान र क्षेत्र भ्रमण विधि साध्य नभई साधन भएकाले यिनको प्रभावकारी उपयोगका माध्यमले शिक्षणलाई व्यावहारिक, फलदायी एवम् उपलब्धिमूलक शिक्षकको क्रियाशीलता आवश्यक पर्छ । राजनीतिशास्त्र शिक्षा विषयको शिक्षणलाई अझ प्रभावकारी र व्यावहारिक बनाउन विधिका सकरात्मक पक्ष र व्यावहारिकतालाई ख्याल गर्दै उपयुक्त प्रयोग गरेमा शिक्षण बढी प्रभावकारी हुने निष्कर्ष प्रस्तुत गरिएको छ ।
Teaching methods play a central role in the effectiveness of teaching. Methods provide a framework and basis for teaching. Since teaching is a timely, challenging and challenging mental task, the teacher should present the content with ease. Teaching methods should be able to collaborate and coordinate between the relevant aspects of learning. Although the role of the teacher is paramount in the selection of teaching methods, emphasis should be placed on the use of student-centered methods, taking into account various bases for selection. Teaching activities should be able to be linked to student learning. The main objective of this article is to explore the concepts, strengths and weaknesses of the main methods used in political science education, lecture, discussion, problem solving, question and answer and field visit methods, and the bases for studying which subjects these methods can be used. The present study has also presented an analysis of the steps to be taken for the effectiveness of the method. This article has been prepared using library, qualitative and analytical study methods. As a result of the study, since the methods of lectures, discussions, questions and answers, problem solving and field visits are not goals but tools, their effective use requires the diligence of the teacher to make teaching practical, fruitful and achievement-oriented. In order to make the teaching of political science education more effective and practical, it has been concluded that teaching will be more effective if the positive aspects and practicality of the methods are used appropriately.
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.