‘उलार’ उपन्यासको शीर्षकीकरण र पात्रीय नामकरणमा ध्वनि एवम् ध्वनिप्रकारको निरूपण
DOI:
https://doi.org/10.3126/caj.v3i1.86877Keywords:
लक्षणामूला, अत्यन्ततिरस्कृतवाच्य, अर्थान्तरसङ्क्रमितवाच्य, अभिधामूला ध्वनि, संलक्ष्यक्रम, व्यञ्जनाAbstract
प्रस्तुत उलार उपन्यासको शीर्षकीकरण र पात्रीय नामकरणमा ध्वनि एवम् ध्वनिप्रकारको निरूपण शीर्षक लेख ध्वनि सिद्धान्तका मान्यतामा केन्द्रित भई तयार पारिएको छ । ध्वनि संस्कृत काव्य शास्त्रको महŒवपूर्ण सिद्धान्त हो । आनन्दवर्धन यसका संस्थापका आचार्य हुन् भने अभिनव गुप्त, मम्मट, विश्वनाथ एवम् आचार्य जगन्नाथहरू पछिल्ला व्याख्याता एवम् यसलाई अझ प्रतिष्ठा दिने आचार्य हुन् । ध्वनिलाई व्याख्या गर्ने क्रममा आचार्यहरूले अनेक भेद उपभेद र प्रभेद देखाएर ध्वनिको सूक्ष्म विश्लेषण गरेपनि मूलतः अभिधामूला, लक्षणामूला गरी दुई प्रकारकामा ध्वनिको वर्गीकरण गरेका छन् । अभिधामूला ध्वनि अन्तर्गत संलक्ष्यक्रम र असंलक्ष्यक्रम र लक्षणामूला अन्तर्गत अत्यन्त तिरस्कृत र अर्थान्तर सङ्क्रमित गरी ध्वनिको भेद गरेका छन् । प्रत्यक्ष अर्थ, वाच्यार्थ होइन्, सूक्ष्म र गहिरो रूपमा रहेको व्यङ्ग्य अर्थ नै ध्वनि हो । ध्वनिसम्बन्धी मान्यताका आधारमा प्रस्तुत अध्ययन गरिएकाले यहाँ निगमनात्मक ढाँचा तथा गुणात्मक शोधको अवलम्बन गरी पाठ विश्लेषण विधिलाई उपयोगमा ल्याइएको छ । उपन्यासको शीर्षक ‘उलार’ ले वाच्यार्थभन्दामाथि उठी समग्र देशकै असन्तुलन, असामञ्जस्य, आपसी अनमेल एवम् अर्थव्यवस्थामा उत्पन्न सङ्कटलाई व्यञ्जनात्मक रूपमा अभिव्यक्ति दिएको कारण यो ध्वन्यार्थक भएको तथ्य सिद्ध गरिएको छ र यस्तो किसिमको ध्वनि अभिधामूला ध्वनि अन्तर्गत संलक्ष्यक्रम अर्थात् वस्तु ध्वनि हो भनी निरूपण गरिएको छ । उपन्यासको पात्रीय नामकरण पनि वाच्य अर्थबाट सोझै नअर्थिई लाक्षणिक तथा प्रतीयमान भएको हुँदा पात्रीय ढाँचा ध्वन्यार्थक छ भन्ने सिद्ध गरिएको छ, यस्तो किसिमको ध्वन्यार्थ लक्षणामूला अन्तर्गत अत्यन्त तिरस्कृतवाच्यध्वनि र अर्थान्तर सङ्क्रमितवाच्यध्वनि तथा अभिधामूला अन्तर्गत संलक्ष्यक्रम वस्तुध्वनि हो भनी निरूपण गरिएको छ । यसरी उलार उपन्यासको शीर्षकीकरण र पात्रीय नामकारणमा ध्वन्यार्थलाई केलाई त्यसको प्रकार पनि निरूपण गरी ध्वनि सिद्धान्तका दृष्टिले यो उपन्यास सशक्त रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Research Management Cell, Chaturbhujeshwar Janata Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.