नेपाली मौलिकताको समाजवादमा केही अवसर र विरोधाभाष : एक नवमाक्र्सवादी विश्लेषण

Authors

Keywords:

नवउदारवाद, समाजवाद, नवमाक्र्सवाद, पुँजीवाद, अन्तरविरोध

Abstract

समकालीन विश्वमा विकसित भएका नवमाक्र्सवादी चिन्तनहरूको विश्लेषण गर्दै नेपाली समाजको विद्यमान चरित्र र अन्तरविरोधहरूको आधारमा नेपाली मौलिकतासहितको समाजवादको बाटो र स्वरूप विश्लेषण गर्नु प्रस्तुत लेखको मुख्य उद्देश्य रहको छ ।  माक्र्सवादी तथा नवमाक्र्सवादी विचारहरू, समाजवादी आन्दोलनका विभिन्न अनुभवहरू, असल समाजवादी अभ्यासहरूका बारेमा प्रकाशित लेख, रचना तथा विभिन्न दस्तावेजहरूको अध्ययन गरी पुनारावलोकन विधि Review Method र आलोचनात्मक अवधारणा Critical Approach  मार्फत प्रस्तुत लेख तयार गरिएको छ । पुँजीवादले समय क्रममा शोषण र उत्पिडनका नयाँ तरिकाहरू अपनाई रहेकाले समाजवादी आन्दोलन शास्त्रीय माक्र्सवादी ढाँचाबाट मात्र अगि बढ्दा सफलता प्राप्त नहुने भएकोले नवउदारवादले सृजना गरेका विभेद र शोषणका रूपहरू समेत पहिचान गरी त्यसका विरूद्ध सङ्घर्ष गर्नुपर्ने कुरा नवमाक्र्सवादी विचारकहरूले स्पष्ट पारेका छन्  । नेपाली समाज अहिले लोकतान्त्रिक गणतन्त्रको चरणमा रहेको छ । नेपाली समाजवादी आन्दोलनको सामाजिक साँस्कृतिक अन्तरविरोध सामन्तवाद र आर्थिक अन्तरविरोध दलाल पुँजीवादसँग रहेको छ  । लोकतान्त्रिक गणतन्त्र अन्र्तगत नै यस्ता अन्तरविरोधहरू हल गरी जनवादी व्यवस्थाको सुदृढीकरण मार्फत समाजवादी व्यवस्थाको चरणमा प्रवेश गर्न सकिन्छ । जनवादी व्यवस्थाको सुदृढीकरण समाजवादको सङ्क्रमणकालीन चरण हो, जहाँ समाजवादको लागि आवश्यक सम्पूर्ण वस्तुगत तयारी पूरा गर्नु पर्दछ । यसका लागि विद्यमान अन्तरविरोधहरूलाई उपयुक्त ढङ्गले हल गर्दै अगि बढ्नु पर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Shanta KC, Garurishankar Multiple Campus, Dolakha

Campus Chief

Downloads

Published

2023-12-31

How to Cite

KC, S. (2023). नेपाली मौलिकताको समाजवादमा केही अवसर र विरोधाभाष : एक नवमाक्र्सवादी विश्लेषण. GS Spark: Journal of Applied Academic Discourse, 1(1), 97–106. Retrieved from https://www.nepjol.info/index.php/gsspark/article/view/78357

Issue

Section

Research Articles