विकासको विवादास्पद भाष्य : एक दार्शनिक विवेचना

Authors

Keywords:

प्याराडाइम, भाष्य, मूलप्रवाही विकास, वैकल्पिक विकास, उत्तर विकास

Abstract

प्रस्तुत  लेखले विकासलाई एक विवादास्पद अवधारणा हो भन्ने तर्कलाई मानक मान्दछ । विश्वव्यापी रूपमा विकास एक विवादास्पद अवधारणा हो । विकास भन्नाले गुणात्मक र मात्रात्मक परिवर्तनको समग्रता हो जसले मानिसहरूको जीविकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुधार ल्याउँछ वा त्यसमा कल्याणकारी विभेद गर्दछ । लेखले पुनरावलोकनअनुसन्धान विधिलाई आत्मसाथ गरेको छ, जहाँ समाज सत्यहरूको सापेक्षप्रतिविम्ब हो भन्ने दार्शनिक आयाम राखिएको छ । वास्तवमा विकासकोअर्थ र परिभाषा समयसँगै परिवर्तन भएका छन् र यसलाई विभिन्नआयामहरू, रणनीतिहरू र दृष्टिकोणको समुच्च रूप अर्थात Paradigm को रूपमा बुझ्नु वैज्ञानिक हुने देखिन्छ । यो शक्ति र ज्ञानबीचको टकराववा विवाद हो जसलाई अंग्रेजीको (Discourse) वा नेपालीमा ‘‘भाष्य’ रूपमा पुनः प्रयोग गरिएको छ । विकासका अध्ययनमा खासगरी तीनकिसिमको डिस्कोर्सहरू पाइन्छ । मूलप्रवाही विकास, वैकल्पिक विकासर उत्तरवर्ती विकास । सामान्यतया मूलप्रवाही विकासले आधुनिकीकरण सिद्धान्त–संरचनाको पैरवी गर्दै यसको उदारवादी÷पुँजीवादी विधि र अभ्यासमा जोड दिने गर्दछ । वैकल्पिक विकासको अवधारणा मूलप्रवाही भन्दा केही प्रगतिशील, सुधारवादी/समाजवादी तथा आलोचनात्मक भएको विचार पद्धति हो भने उत्तर विकासले विकासको तथा–कथित सिद्धान्त र प्रयोगलाई नै आलोचनात्मक रूपमा हेर्दछ । यसप्रकार यस लेखमा विभिन्न धारणाहरूको चिरफार गर्दै विकासको आम बुझाइ र गराइ कसरी विरोधाभासपूर्ण बन्दै छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Mahendra Sapkota

प्रस्तुत  लेखले विकासलाई एक विवादास्पद अवधारणा हो भन्ने तर्कलाईमानक मान्दछ । विश्वव्यापी रूपमा विकास एक विवादास्पद अवधारणाहो । विकास भन्नाले गुणात्मक र मात्रात्मक परिवर्तनको समग्रता होजसले मानिसहरूको जीविकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुधारल्याउँछ वा त्यसमा कल्याणकारी विभेद गर्दछ । लेखले पुनरावलोकनअनुसन्धान विधिलाई आत्मसाथ गरेको छ, जहाँ समाज सत्यहरूको सापेक्षप्रतिविम्ब हो भन्ने दार्शनिक आयाम राखिएको छ । वास्तवमा विकासकोअर्थ र परिभाषा समयसँगै परिवर्तन भएका छन् र यसलाई विभिन्नआयामहरू, रणनीतिहरू र दृष्टिकोणको समुच्च रूप अर्थात  Paradigm को रूपमा बुझ्नु वैज्ञानिक हुने देखिन्छ । यो शक्ति र ज्ञानबीचको टकराववा विवाद हो जसलाई अंग्रेजीको ९म्ष्कअयगचकभ० वा नेपालीमा ‘‘भाष्य’रूपमा पुनः प्रयोग गरिएको छ । विकासका अध्ययनमा खासगरी तीनकिसिमको डिस्कोर्सहरू पाइन्छ । मूलप्रवाही विकास, वैकल्पिक विकासर उत्तरवर्ती विकास । सामान्यतया मूलप्रवाही विकासले आधुनिकीकरणसिद्धान्त–संरचनाको पैरवी गर्दै यसको उदारवादी/पुँजीवादी विधि रअभ्यासमा जोड दिने गर्दछ । वैकल्पिक विकासको अवधारणा मूलप्रवाहीभन्दा केही प्रगतिशील, सुधारवादी/समाजवादी तथा आलोचनात्मक भएको विचार पद्धति हो भने उत्तर विकासले विकासको तथा–कथित सिद्धान्त र प्रयोगलाई नै आलोचनात्मक रूपमा हेर्दछ । यसप्रकार यसलेखमा विभिन्न धारणाहरूको चिरफार गर्दै विकासको आम बुझाइ रगराइ कसरी विरोधाभासपूर्ण बन्दै छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Published

2023-12-31

How to Cite

Sapkota, M. (2023). विकासको विवादास्पद भाष्य : एक दार्शनिक विवेचना. GS Spark: Journal of Applied Academic Discourse, 1(1), 107–122. Retrieved from https://www.nepjol.info/index.php/gsspark/article/view/78361

Issue

Section

Research Articles