कक्षा कोठामा सांस्कृतिक पुनरुत्पादन

Authors

  • राजन ढुङ्गाना Tribhuvan University, Sanothimi Campus, Bhaktapur

DOI:

https://doi.org/10.3126/ilam.v22i1.94404

Keywords:

कक्षा कोठा, सांस्कृतिक पुनरुत्पादन, भाषिक शुद्धता, भाषा शिक्षण

Abstract

प्रस्तुत लेख कक्षा कोठामा सांस्कृतिक पुनरुत्पादनका सम्बन्धमा विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूका अनुभव चुनौतीहरूको विश्लेषणमा आधारित भएर तयार पारिएको छ । यसमा गुणात्मक अध्ययन विधि अन्तर्गत न्यारेटिभ (कथात्मक) ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनका लागि उद्देश्यमूलक नमुना छनोट विधिद्वारा उत्तरदाताको छनोट गरी सांस्कृतिक पुनरुत्पादनका सम्बन्धमा शिक्षकहरूको दृष्टिकोणलाई केन्द्रमा राखेर समस्याहरूको पहिचान गरिएको छ । विद्यालयले समाजमा विद्यमान सामाजिक संरचना, मूल्य र संस्कृतिलाई शिक्षा मार्फत पुनः निर्माण गर्दछ । विद्यालयलाई सांस्कृतिक पुनरुत्पादनका केन्द्र शिक्षणले केवल ज्ञान मात्र होइन, भाषा, व्यवहार र मूल्य दृष्टिकोण मार्फत सामाजिक संस्कार हस्तान्तरण गरेर पाठ्यक्रम र पाठ्यपुस्तकले प्रायः पहाडी हिन्दू मध्यमवर्गीय समुदायको भाषा, शैली, चाडपर्व, नाम र विचारलाई प्राथमिकता दिन्छ । यसले अल्पसंख्यक समुदायका विद्यार्थीलाई कम मूल्यवान महसुस गराउँछ र उनीहरू शिक्षाबाट टाढिन्छन ्। ‘शुद्ध नेपाली’मा जोड दिने भाषिक एकरूपताको दबाबले मातृभाषा फरक भएका विद्यार्थीलाई सीमान्तकृत गर्छ र सिकाइमा बाधा पु¥याउँछ । शिक्षकहरूको आफ्नै सामाजिक, सांस्कृतिक र भाषिक पृष्ठभूमिले शिक्षण प्रक्रिया र विद्यार्थीसँगको व्यवहारमा गहिरो प्रभाव पारेको हुन्छ । धेरैजसो शिक्षक प्रमुख समुदायबाट आउँदा अल्पसंख्यक विद्यार्थीलाई बुझ्न वा उनीहरूको व्यवहार मूल्याङ्कन गर्न कठिनाई हुन सक्छ, विशेष गरी जनजाति र दलित बालबालिकालाई चुनौतीका बाबजुद, केही शिक्षकहरू अनुभवबाट कक्षाकोठामा रहेको विविधताप्रति सचेत हुँदैनन् । उनीहरूले विद्यार्थीहरूको पृष्ठभूमि बुझ्ने, शिक्षण विधि परिवर्तन गर्ने, स्थानीय उदाहरण प्रयोग गर्ने र विद्यार्थीहरूको भाषाका केही शब्दहरू सिक्ने प्रयास गरेका छन् । यी व्यक्तिगत प्रयास सकारात्मक परिवर्तनको संकेत हुन्छन् तर शिक्षा प्रणालीलाई साँच्चिकै समावेशी र न्यायपूर्ण बनाउन पाठ्यक्रम, तालिम र नीतिगत तहमा संस्थागत परिवर्तन आवश्यक छ भन्ने प्रस्तुत लेखको सार रहेको छ । साथै प्रस्तुत लेखले सम्बन्धित क्ष्ोत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषय क्ष्ोत्रप्रति रुचि राख्ने सरोकारवाला सम्पूर्णमा अपेक्षित सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
29

Author Biography

राजन ढुङ्गाना, Tribhuvan University, Sanothimi Campus, Bhaktapur

शिक्षण सहायक, नेपाली शिक्षा विभाग, त्रिवि, सानोठिमी क्याम्पस सानोठिमी, भक्तपुर

Downloads

Published

2026-04-03

How to Cite

ढुङ्गाना र. (2026). कक्षा कोठामा सांस्कृतिक पुनरुत्पादन. ILAM इलम, 22(1), 152–158. https://doi.org/10.3126/ilam.v22i1.94404

Issue

Section

Articles