‘फ्ल्यासब्याक’ कथामा प्रगतिवादी चेत

Authors

  • चतुर्भुजलाल दास केवरत Tribhuvan Univeristy, Patan Samyukta Campus

DOI:

https://doi.org/10.3126/ilam.v22i1.94411

Keywords:

धनी वर्ग, गरिब वर्ग, श्रमशोषण, उत्पीडन, वर्चस्व

Abstract

‘फ्ल्यासब्याक’ कथाकार यादवप्रकाश लामिछानेद्वारा लिखित सामाजिक यथार्थमा आधारित कथा हो । यस कथामा मधेसको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको यथार्थ चित्रण गरिएको छ । प्रस्तुत कथामा मधेसमा धनी वर्गका मानिसले गरिब वर्गको सतार परिवारको शोषण, दोहनका साथै उसकी छोरीको शारीरिक शोषण गरेको तथ्यको चित्रण गरिएको छ । ‘फ्ल्यासब्याक’ कथाको प्रगतिवादी चेतनाका दृष्टिकोणबाट हालसम्म अध्ययन नगरिएकोले यही नै यसको मुख्य समस्या रहेको छ र सोही समस्याको प्राज्ञिक समाधान खोज्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यस अध्ययनको लागि पुस्तकालयीय कार्यको माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनमा ‘फ्ल्यासब्याक’ कथालाई प्राथमिक सामग्रीको रूपमा प्रयोग गरिएको छ भने उक्त कथाका बारेमा पूर्व प्रकाशित फुटकर लेख, समीक्षा अनि प्रगतिवादी सिद्धान्तलाई द्वितीयक सामग्रीको रूपमा उपयोग गरिएको छ । प्रस्तुत कथाको व्याख्याका लागि पाठमा आधारित विश्लेषण विधिको प्रयोग गरिएको छ । विवेच्य कथामा आर्थिक अन्तरालले गर्दा धनी वर्गले गरिब वर्गमाथि गरेको अन्याय, अत्याचार, श्रमशोषण, बलात्कार, उत्पीडनजस्ता सामाजिक तथा आर्थिक बेथितिहरूको चित्रण गरिएको छ । अनुसन्धेय कथामा मधेसमा आर्थिक विषमताका कारण निर्मित आर्थिक अन्तराल र उक्त अन्तरालले सिर्जना गरेको श्रमशोषण, अन्याय, अत्याचार सामाजिक बेथितिबारे अध्ययन गरेर निष्कर्ष निकालिएको छ । सामाजिक–आर्थिक संरचनाले पारेको दुस्प्रभाव र त्यसबाट विपन्न वर्ग उत्पीडित रहेकाले त्यसको समाधानको खोजी कथाकारको अभीष्ट देखिन्छ । शोषित वर्गको मुक्ति नै कथाकारको मूल उद्देश्य रहेको प्रस्ट छ ।

Downloads

Download data is not yet available.
Abstract
46
PDF
22

Author Biography

चतुर्भुजलाल दास केवरत, Tribhuvan Univeristy, Patan Samyukta Campus

उपप्रा. चतुर्भुजलाल दास केवरत, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर

Downloads

Published

2026-04-03

How to Cite

केवरत च. द. (2026). ‘फ्ल्यासब्याक’ कथामा प्रगतिवादी चेत. ILAM इलम, 22(1), 159–165. https://doi.org/10.3126/ilam.v22i1.94411

Issue

Section

Articles