नेपाली भाषा शिक्षण र विश्वव्यापीकरण {Nepali language teaching and globalization}

Authors

  • मनिषा Manisha उपाध्याय Upadhyaya सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली एम.फिल शोेधार्थी सुदूरपश्चिम विश्वविद्यालय

Keywords:

शीलालेख, आलेख, मातृभाषा, मौलाउनु, विश्वव्यापीकरण

Abstract

नेपाली भाषा नेपालको राष्ट्रभाषा, सम्पर्कको भाषा, शिक्षणको भाषा, संचारको भाषा, अधिकतम नेपालीले बोल्ने र बुझ्ने भाषाका रुपमा परिभाषित गर्न सकिन्छ । क्षेत्रफलको हिसाबले सानो देश भएपनि यहाँ भाषिक विविधता पाइन्छ तर जतिसुकै भाषिक विविधता पाइए पनि धेरै जनसंख्याले प्रयोग गर्ने भाषा भनेको नेपाली नै हो किनभने यो नेपालको मातृभाषा पनि हो र सरकारी कामकाजको भाषाका रुपमा पनि नेपाली भाषालाई लिइन्छ । नेपाल बाहिर यसको प्रयोग क्षेत्र फराकिलो बन्दै गइरहेको छ । नेपाल बाहिर पनि नेपाली भाषाको शिक्षण कार्यहरू थालिएका छन् जसलाई नेपाली भाषाको विश्वव्यापीकरण भनिन्छ । छिमेकी देश भारत लगायत विश्वका विभिन्न ठाउँमा जहाँ नेपालीहरूको बसोबास रहेको छ त्यहाँ नेपाली भाषाको शिक्षण गर्नु आवश्यक ठानिएकोले विभिन्न स्थानमा नेपाली भाषाको पठनपाठन हुँदै आइरहेको कुरा पनि यस लेखबाट थाहा पाउन सकिन्छ । यसरी नेपाली भाषाले आफ्नो क्षेत्र फराकिलो बनाई दिनप्रतिदिन विस्तारित हुँदैगएको कुरालाई यस लेखमा प्रस्तुत गरिएको छ । नेपाली भाषा नेपालमा मात्र नभएर नेपालबाहिरका विभिन्न मुलुकहरूमा पनि विस्तारित हुँदै विश्वव्यापीकरणमा गइरहेको छ भन्ने कुराको अध्ययन गर्न यस लेखमा गुणात्मक विधिको प्रयोग गरी प्रत्यक्ष रुपमा सम्बन्धित ठाउँमा गई सम्बन्धित व्यक्तिहरूलाई भेटी, विदेशमा रहेका विभिन्न व्यक्तिहरूसँग फोन सम्पर्क गरी, पुस्तकालयमा भएका पुस्तकहरूको अध्ययन गरी यो लेख तयार पारिएको छ । यस अध्ययनको माध्यमबाट नेपाली भाषा पनि अन्य भाषा जस्तै विश्वव्यापीकरणमा गइरहेकाले यसको क्षेत्र फराकिलो बन्दै गइरहेको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
317
PDF
1

Author Biography

मनिषा Manisha उपाध्याय Upadhyaya, सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली एम.फिल शोेधार्थी सुदूरपश्चिम विश्वविद्यालय

ग्राजूयट टिचर

Downloads

Published

2022-05-01

How to Cite

उपाध्याय Upadhyaya म. M. (2022). नेपाली भाषा शिक्षण र विश्वव्यापीकरण {Nepali language teaching and globalization}. Journal of Durgalaxmi, 1(1), 182-190. https://doi.org/10.3126/jdl.v1i1.57256

Issue

Section

Articles

How to Cite

उपाध्याय Upadhyaya म. M. (2022). नेपाली भाषा शिक्षण र विश्वव्यापीकरण {Nepali language teaching and globalization}. Journal of Durgalaxmi, 1(1), 182-190. https://doi.org/10.3126/jdl.v1i1.57256