मानुषी कविताको लैङ्गिक अध्ययन

Authors

  • Kalpana Luitel Saraswati Multiple Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/jdr.v8i1.57140

Keywords:

लैङ्गिक अध्ययन, , पुरुष महिला समभाव, लैङ्गिक संचेतना, वर्चस्वशाली, अभीष्ट, अग्रगामी

Abstract

प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भेदभाव र शोषण रहेको तथा पुरुषलेमहिलालाई कोसौं पछाडि पारेको तथ्य विभिन्न उदाहरणका साथ प्रस्तुत गरिएको छ । प्रस्तुत कवितामा लैङ्गिक शोषणर भेदभावको अन्त्य गरी समानतामूलक उन्नत समाज निर्माण गर्नुपर्ने उद्देश्य राखेको पाइन्छ । सभ्यताको प्रारम्भमा नारी शक्तिशाली थिए । तापनि पुरुषलाई नारीले अवसर दिएर अगाडि बढाएको दृष्टान्त दिँदै अहिले नेपाली नारीको अवस्था धेरै पछाडि रहेको देखाउन पारिजात सफल भएकी छन्। जबसम्म नारी र पुरुष दुवै समान र बराबरीको हैसियतमा आउँदैनन्, तबसम्म समाज, देश सम्पन्न बन्न सक्दैन भन्ने मान्यता कवितामा अभिव्यक्त भएको छ । मानुषी कवितामा हाम्रो समाजका नारीहरूको अवस्था ज्यादै दयनीय भएको हुँदा नारीलाई तिमीहरू प्राकृतिक रूपमा समान हौ; यहाँको समाजव्यवस्थाले, राज्यव्यवस्थाले अनेकन् जालझेल, षडयन्त्र गरेर पछि पारेको हो। त्यसैले अब नारी आफ्नो अधिकार लिन अगाडि बढ्नुपर्ने कुरा सचेत गराउने सन्दर्भ कविताभर व्यक्त भएको छ । सृष्टिको प्रारम्भमा नारीप्रधान रहेको समाज वर्तमान्मा पुरुषप्रधानमा रूपान्तरण हुन पुगेको देखाउँदै अब समान भएर एकसाथ हिड्नुपर्ने कविताको उद्देश्य बनेको छ । समीक्षामा विवेच्य पक्षको पहिचान गर्न पुस्तकालयीय विधि प्रयोग गरिएको छ । प्रस्तुत कवितामा नारी अस्तित्वको समस्या प्रस्तुत भएको छ । विवेच्य कवितामा नारी र पुरुष एक–अर्कोको हात समाइ बराबरीको अवस्थामा बाँच्न चाहन्छन् भन्ने प्रगतिवादी विचार प्रकट भएको छ । प्रगतिवादी तथा समानतामूलक दृष्टिमा रचना भएको यस कवितामा नारीमा अधिकार प्राप्तिको चेतना उजागर भएको तथ्य पहिल्याउनु नै लेखको अभीष्ट हो।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
19

Author Biography

Kalpana Luitel, Saraswati Multiple Campus, Tribhuvan University

Associate Professor of Nepali

Downloads

Published

2023-08-01

How to Cite

Kalpana Luitel. (2023). मानुषी कविताको लैङ्गिक अध्ययन. Journal of Development Review, 8(1), 43–51. https://doi.org/10.3126/jdr.v8i1.57140

Issue

Section

Section A Literature