लिच्छवि राजनैतिक व्यवस्था : एक विवेचना

Authors

  • Achyut Adhikari Saraswati Multiple Campus, Tribhuvan University

Keywords:

वैशाली, ग्राम पाञ्चाली, अधिकरण,, गोष्ठी, कोलीग्राम, कोट्ट

Abstract

नेपालको इतिहास प्रामाणिक रूपमा लिच्छविकालमा मानदेवको समयबाट नै सुरु हुन पुगेको देखिन्छ । पहिलोचोटि नेपालको इतिहासको बारेमा थुप्रै विवरणहरू मानदेवको समयमा प्राप्त हुन गयो । बाहिरबाट प्रवेश गरेको मानिएको लिच्छवि वंशले किरातकालमा प्रवेश गरी नेपाल खाल्डोमा वि.सं. ९३७ सम्म भोग गर्न सकेको देखिन्छ । इस्वी संवत् २०५ को आसपासतिर किरात शासनलाई भङ्ग गरी स्वतन्त्र लिच्छवि शासन सञ्चालन गर्न लिच्छविहरू सफल भएको चर्चा इतिहास शिरोमणि बाबुराम आचार्यको लेखनबाट प्राप्त हुन आएको पाइन्छ । मानदेवको समयदेखि लिच्छविकालीन इतिहास बढी स्पष्ट र प्रामाणिक हुन पुगेको देखिन्छ । मानदेव अघिका ऐतिहासिक प्रमाणहरू प्रष्ट रूपमा प्राप्त हुन सकेको छैन । ‘वैशाली’ वा ‘वशाढ’ बाट आएको मानिएका लिच्छविहरूले वैशाली कै जस्तो शासन व्यवस्थालाई लागू गरेनन् तर पनि राजासहितको शासन व्यवस्थामा ग्राम पाञ्चाली वा पञ्चायत जस्तो स्थानीय स्वायत्त शासन पद्धतिको विकेन्द्रिकृत प्रजातान्त्रिक व्यवस्थाचाहिँ उनीहरूले लागू गर्न सकेको देखिन्छ । गोष्ठी प्रणालीको प्रयोग गरी थुप्रै सामाजिक, धार्मिक र लौकिक कार्य समेत यिनीहरूले गर्न सके। ग्राम, तल, द्रङ्ग जस्ता इलाकाहरू खडा गरेर विभिन्न कार्य गर्ने प्रशासनिक उत्कृष्ट संरचनाहरू लिच्छवि शासकहरूले तयार गर्न सके । त्यतिखेर उपत्यकाको वरिपरि थुप्रै ऐतिहासिक वस्ति र कोट्ट (किल्ला) हरूको निर्माण समेत हुन पुगेको थियो । लिच्छविकालको शासनकाल र पद्धतिभित्रको केही ऐतिहासिक तथ्यहरूलाई यस लेखमा प्रस्तुत गरिएको छ ।

Abstract
338
PDF
0

Author Biography

Achyut Adhikari, Saraswati Multiple Campus, Tribhuvan University

Lecturer of History

Downloads

Published

2023-08-01

How to Cite

Adhikari, A. . (2023). लिच्छवि राजनैतिक व्यवस्था : एक विवेचना. Journal of Development Review, 8(1), 159-166. https://doi.org/10.3126/jdr.v8i1.57148

Issue

Section

Articles

How to Cite

Adhikari, A. . (2023). लिच्छवि राजनैतिक व्यवस्था : एक विवेचना. Journal of Development Review, 8(1), 159-166. https://doi.org/10.3126/jdr.v8i1.57148