२००७ सालको प्रथम संयुक्त सरकार र तत्कालीन परिवेश

Authors

  • Murari Krishna Gautam

Keywords:

दूरगामी परिणाम, युगान्तकारी, प्रत्यक्षीकरण,, प्रजातन्त्रीकरण

Abstract

शताब्दीभन्दा बढी समय राष्ट्रको शासन सत्ता सम्हालेको राणाकालीन शासन व्यवस्था अत्यन्त निरङ्कुश, दयनीय, बर्बर, अप्रजातान्त्रिक, प्रतिक्रियावादी, जहानीया र हुकुमी शासनमा आधारित रहेको थियो । अङ्ग्रेजहरूको आशीर्वाद प्राप्त शासन व्यवस्था नेपाली जनताका निमित्त अमानुषिक एवं अमानवीय प्रवृत्तिको थियो । देशमा न्यायप्रियता, प्रजातन्त्र, समानता, स्वतन्त्रता, सार्वभौमसत्ता गुमेको तथा कानुनी राज्यका मूल्य, मान्यता र आदर्शअनुरूप परिचालित नभएको हुनाले त्यस बेलाका साहसी युवा वर्गले दललगायतका धार्मिक एवं सामाजिक संङ्घ, संस्थासमेत स्थापना गरी अनेकौं तौरतरिका, उपाय, राजनैतिक गतिविधि गरी प्रजातान्त्रिक अधिकार बहालीका लागि अथकित प्रयास गरी देश विदेशबाट समर्थन जुटाए । वि.सं. १९९७ मा प्रजापरिषदका सदस्यहरुलाई निर्मम यातनासहित बरर्बरतापूर्वक फाँसीको सजाय दिएपछि नेपालमै बसी राणाशासन विरुद्ध विद्रोह गर्नु निकै कठिन भएकाले सचेत युवाहरू एवम् राणा परिवारभित्रकै राणाशासन विरोधी राणाहरुले भारतमा निर्वासित भई त्यहीँबाट नै राणाविरोधी आन्दोलनको तयारी गरे । श्री ५ त्रिभुवनलाई भारतीय राजदूतावास हुँदै दिल्ली पु¥याएपश्चात् राणाशासन विरुद्ध सशस्त्र क्रान्तिको सुरुआत भयो र यो आन्दोलन दिल्ली सम्झौतामा गएर टुङ्गियो । उक्त सम्झौताअनुसार राजा त्रिभुवन नेपालमा आई २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गरे । सोही घोषणाअनुसार नेपालमा प्रथम संयुक्त सरकारको गठन भयो ।

Abstract
346
PDF
0

Downloads

Published

2023-10-11

How to Cite

Gautam, M. K. (2023). २००७ सालको प्रथम संयुक्त सरकार र तत्कालीन परिवेश . Journal of Development Review, 8(2), 94-103. https://doi.org/10.3126/jdr.v8i2.59211

Issue

Section

Articles

How to Cite

Gautam, M. K. (2023). २००७ सालको प्रथम संयुक्त सरकार र तत्कालीन परिवेश . Journal of Development Review, 8(2), 94-103. https://doi.org/10.3126/jdr.v8i2.59211