समका कवितामा ब्रह्मचिन्तन

Authors

  • Mukta Raj Upadhyaya

Keywords:

ब्रह्म,, अनिर्वचनीय, पुञ्ज, दिव्यचक्षु, साक्ष्य, वृत्ति,, स्थूल,, सूक्ष्म

Abstract

ईश्वरचिन्तनबाट आफ्नो काव्ययात्राको पहिलो पाइलो सारेका बालकृष्ण समका अधिकांश कविता पूर्वीय दर्शनबाट अनुप्राणित रहेका छन् । यिनलाई नास्तिक वा भौतिकवादी कविका रूपमा व्याख्या विवेचना गर्ने गरिए तापनि यिनका कवितामा निहित वैचारिक मान्यताको मूल आधार पूर्वीय दर्शन नै हो । आध्यात्मिक एवं ईश्वरीय चिन्तनयुक्त पारिवारिक वातावरण र संस्कारमा हुर्किएका बालकृष्ण समको ध्यान विज्ञान विषय लिई त्रिचन्द्र कलेजमा पढ्न थालेपछि भने बिस्तारै भौतिकवादी दर्शनतर्फ आकृष्ट हुन थालेको हो तापनि अध्यात्मविनाको विज्ञान त्रूmर र विनाशक हुनसक्छ भन्ने कुरामा सचेत समले अध्यात्मचिन्तन र पूर्वीय दर्शनको गहिरो अध्ययनबाट नै आफ्नो वैचारिक धरातल निर्माण गरेका हुन् । प्रस्तुत आलेख पूर्वीय षड्दर्शनहरूमध्ये वेदान्त दर्शनको ब्रह्मचिन्तनका आलोकमा बालकृष्ण समका कविताहरूको अध्ययनमा केद्रित रहेको छ । वेदमा जेजति दार्शनिक विचारहरू छन् तिनको परिपक्व र विकसित रूप उपनिषद्हरूमा पाइन्छ । वेदहरूको अन्तिम सीमा उपनिषद्हरूलाई मानेर वेदान्त नाम दिइएको हो । वेदान्तका अनेक सम्प्रदायहरूमध्ये शङ्कर प्रतिपादित अद्वैत वेदान्त सबैभन्दा महŒवपूर्ण मानिन्छ । यस दर्शनले ब्रह्मलाई सत्य र जगत्लाई मिथ्या मान्दछ । ‘ब्रह्म सत्यम् जगन्मिथ्या’ यस दर्शको मूल सिद्धान्त हो । ब्रह्म मात्र सत्य पदार्थ हो जुन परम अद्वैत छ । यसबाहेक अन्य केही पनि छैन । सम्पूर्ण संसार अथवा सृष्टि ब्रह्मकै देन हो । अविद्याको कारणले गर्दा जगत्का अनेक रूपहरू प्रतिभाषित भएका मात्र हुन् । ज्ञानको पूर्णताद्वारा जब अज्ञानता वा अविद्या समाप्त भएर जान्छ तब ब्रह्म नै एक मात्र सत्य देखिन्छ, बाँकी सबै मिथ्या लाग्दछन् भन्ने वेदान्त दर्शनको मूल मान्यतालाई बालकृष्ण समले आफ्नो जीवनको उत्तराद्र्धतिर पूर्णरूपमा आत्मसात् गर्न पुगेका छन् । बालकृष्ण समद्वारा प्रायः जीवनको उत्तराद्र्धतिर लेखिएका केही कविताहरूबाट साक्ष्य लिई ‘ब्रह्म’सम्बन्धी वेदान्त दर्शनसँग सम्बद्ध चिन्तन कवितामा कसरी प्रकट भएको छ भन्ने कुराको खोजी यस अध्ययनमा गरिएको छ ।

Abstract
161
PDF
0

Downloads

Published

2023-10-11

How to Cite

Upadhyaya, M. R. (2023). समका कवितामा ब्रह्मचिन्तन. Journal of Development Review, 8(2), 84-93. https://doi.org/10.3126/jdr.v8i2.59240

Issue

Section

Articles

How to Cite

Upadhyaya, M. R. (2023). समका कवितामा ब्रह्मचिन्तन. Journal of Development Review, 8(2), 84-93. https://doi.org/10.3126/jdr.v8i2.59240