प्रगतिवाद : परिचय र प्रवृत्ति
DOI:
https://doi.org/10.3126/jdr.v10i2.84060Keywords:
प्रगतिवाद, समाजवादी यथार्थवाद, द्वन्द्वात्मक भौतिकवाद, आलोचनात्मक यथार्थवाद, प्रगतिशीलता । परम्परा, प्रवृत्ति, साहित्यिक साहित्यिक दर्शन ।Abstract
प्रगतिवाद समाजव्यवस्थामा रहेका दुर्बलताहरूलाई हटाई द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिका साथ समानता, न्याय, वस्तु यथार्थता र आम निम्न वर्गीय जनताको समग्र प्रगतिप्रति प्रतिबद्ध समाजवादी यथार्थवादी कला–साहित्य दर्शन हो । यो यथार्थवादबाट सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, प्रगतिशीलता हुँदै विकसित चिन्तन धारा हो । यो सिर्जना र समीक्षा सम्बन्धी विधि पद्धति तथा मूल्य मान्यता हो । यस आलेखमा प्रगतिवादको परिचय र प्रवृत्तिका बारेमा अनुशीलन विश्लेषण गरिएको छ । यसअन्तर्गत प्रगतिवादको परिचय, पृष्भूमिगत आधार, उठान, विकास तथा विस्तार, परिभाषा, निकटवर्ती धाराहरुसँगको साम्य वैषम्य, प्रवृत्ति र निष्कर्ष प्रस्तुत गरिएको छ । यिनै क्षेत्रहरूमा सीमाबद्ध भई अध्ययन अनुशीलन पश्चात् संश्लेषणात्मक रूपमा प्रगतिवादका समस्या र समाधानका आधारहरू पनि पेस गरिएको छ ।