नेपाली धातुमा संस्कृत धातुको प्रभाव {Influence of Sanskrit dhatu on Nepali dhatu}

Authors

  • भवानीशङ्कर Bhawanishankar भट्टराई Bhattarai ने.सं.वि., पिण्डेश्वर विद्यापीठ धरान, व्याकरण विभाग

DOI:

https://doi.org/10.3126/jobs.v1i1.49901

Keywords:

धातुपाठ, अनुदात्त, अर्थापकर्ष, अर्थोत्कर्ष, प्रातिपदिक

Abstract

प्रस्तुत लेखमा नेपाली धातुरचनाको संस्कृतस्रोत (तत्सम एवम् तद्भव) बाट नेपाली भाषामा कति धातु प्रयोग हुन आएकारहेछन् ? यस्ता धातुहरू केके रहेछन् भन्ने विषयलाई उठान गरिएको छ । यस क्रममा मुख्यतः नेपाली धातु रचनामा संस्कृतधातुहरूको प्रभाव, संस्कृत र नेपाली धातुमा रहेका समानता तथा असमानतालाई उपस्थापन गरी तिनीहरूबारे विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । यहाँ विषय विश्लेषणको आधार संस्कृतको ‘पाणिनीय धातुपाठ’लाई र नेपालीको चाहिं परम्परागत नेपाली व्याकरणबाट निर्धारित धातुस्वरूप (नु लगाउन मिल्ने धातु) लाई बनाइएको छ । यहाँ यिनै आधारभूमिमा टेकेर तुलनात्मक एवम् वर्णनात्मक विधि–पद्धतिबाट विषय विश्लेषण गरिएको छ । धातुमा विभिन्न प्रत्यय गाँसिएर बन्ने क्रियापदले विभिन्न काल र पक्ष, भाव, वाच्य, ध्रु्रवत्व आदिलाई बताउँछ तसर्थ क्रियाबाट बोध्य अर्थको मूलआधार धातु हो । धातुको यही मूल अर्थमा कालबोधक प्रत्यय थपिँदा कालबोधक क्रिया र भावबोधक प्रत्यय थपिँदा चाहिँ भावबोधक क्रिया बन्दछन् । यसरी नै अन्य क्रियाको संरचना पनि तयार हुन्छ । अतःक्रियाले दिने अर्थ– काल र यसका पक्ष, भाव, वाच्य, ध्रुवत्व आदि मात्रै हुन् । प्रत्ययसँग मिसिनु पूर्वको धातुले निर्धारित अर्थलाई धारण एवम् परिपोषण गर्ने भएकाले धातुको धारण र पोषण अर्थ (धीयतेऽर्थः यस्मिन् स धातुः) सार्थक छ । नेपालीमा प्रयोगरत तत्सम धातुहरूमा खासै समस्या नभए पनि तद्भव धातुहरूमा भने धेरै ठाउँमा संशय देखिन्छ । आंशिक परिवर्तन भएर नेपाली धातु बन्ने क्रममा कतै एउटै संस्कृत धातुबाट अनेकौं तद्भव धातु निर्माण भएको दाबी गरिएको, कतै एउटै संस्कृत धातुबाट एउटामात्र नेपाली धातु बनेको भनिएको, कतै नेपाली धातुको स्वरूपसंग मिल्न खोजेका आधारमा पनि यसको संस्कृत स्रोत यही हो भनेर किट्ने गरिएको लगायतका समानता र निकटता सम्बन्धी विविधता समस्या देखिएका छन् । उदाहरणका रूपमा छाद्, दि, उघार्, दाउ, घुसार्, मिलाउ, चुन्, काट् आदिलाई लिन सकिन्छ । यस्ता धातुमध्ये कतिपयको संस्कृतस्रोत अनुसन्धेय, शङ्कास्पद र विवादित मानिएको छ र पनि यिनीहरूलाई बहुसङ्ख्यकद्वारा तद्भव धातु मान्ने गरिएको छ । नेपालीमा प्रयोग भइरहेका तेस्रो वर्गका धातुहरू अनुकरणमूलका छन्, खनखनाउ, गडगडाउ, थरथराउ, टकटकाउ आदि यसका उदाहरण हुन् । चौथो वर्गका धातु कति आगन्तुक र कति चाहिँ स्रोत पत्ता नलागेका छन्, यिनीहरू मध्येका स्रोत नखुलेका कतिपय धातु प्राकृत र अपभ्रंश स्रोतका हुन् भनी अनुमान गरिएको छ । अटाउ, छाड्, टिक्, ठोक्, ठेल् आदि धातु कुन भाषिक स्रोतबाट आएका हुन् भन्नेबारे अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । घुराउ, लड्खडाउ, गम् (विचार गर्नु, गम्नु अर्थ भएको) जस्ता धातु चाहिं नेपालीमा हिन्दी लगायतका आगन्तुक स्रोतबाट आएका हुन् । यस्ता चार स्रोत (कतै पाँच स्रोतको पनि चर्चा पाइने) का धातुहरूको निर्मितिमा बनेका नेपाली समापिका क्रियाहरूको कुल सङ्ख्या करिब १७ लाख छ भनी अनुसन्धाता लोकमणि पौडेलले क्रियापद (२०७६) नाउँको पुस्तकमा उल्लेख गरेका छन् । नेपाली धातुका स्वरूपमात्र नभएर अर्थ पनि संस्कृत धातुसँग दुरुस्त मिल्ने उदाहरण नेपाली परम्परामा प्रशस्त पाइन्छन् । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै नेपालीमा आइपुग्दा कतिपय धातुका अर्थमा अंशतः परिवर्तन भएका पनि देखिन्छन्, यसरी अर्थादेश, अर्थविस्तार, अर्थसङ्कोच, अर्थोत्कर्षर अर्थापकर्ष भएका नेपाली धातुहरू भाषा तथा वाङ्मयमा धेरै नै प्रयोग अवस्थामा छन् । तसर्थ नेपाली धातुरचनामा संस्कृत धातुहरूको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
252
PDF
54

Author Biography

भवानीशङ्कर Bhawanishankar भट्टराई Bhattarai, ने.सं.वि., पिण्डेश्वर विद्यापीठ धरान, व्याकरण विभाग

 सह प्राध्यापक

Downloads

Published

2022-12-12

How to Cite

भट्टराई Bhattarai भ. B. (2022). नेपाली धातुमा संस्कृत धातुको प्रभाव {Influence of Sanskrit dhatu on Nepali dhatu}. Journal of Bhuwanishankar, 1(1), 103–116. https://doi.org/10.3126/jobs.v1i1.49901

Issue

Section

Articles