समाख्यानात्मक चलचित्रीकरणको सैद्धान्तिक स्वरूप {Theoretical aspects of narrative filmmaking}

Authors

  • दीपकप्रसाद Deepakprasad ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Nepali, TU, Kirtipur

Keywords:

दृश्यगत स्थायित्व, समाख्यान, चलचित्रीकरण, सांस्कृतिक दृश्य, इतिभौतिक

Abstract

प्रस्तुत अनुसन्धान लेख समाख्यान (पाठ) लाई चलचित्रको दृश्यभाषामा रूपान्तर गरिने सैद्धान्तिक पद्धतिमा आधारित छ । समाख्यान (आख्यान) मा कथावाचन गर्न आएको वक्ता समाख्याता हो भने त्यस समाख्याताको स्थानमा क्यामराको लेन्सलाई केन्द्रित गरेर दृश्यमा छायाङ्कन गर्ने पद्धति समाख्यानको चलचित्रीकरण हो । प्रस्तुत लेखको शीर्षक सोद्देश्यमूलक रूपले चयन गरिएको हो । समाख्यानलाई चलचित्रमा रूपान्तर गर्न प्रयोग गरिने पद्धतिसम्बद्ध सामग्रीलाई यस लेखमा मुख्य सैद्धान्तिक पर्याधार बनाइएको छ । समाख्यानलाई चलचित्रमा रूपान्तर गर्दा प्रयोग गरिएका प्राविधिक पक्ष र त्यसका सैद्धान्तिक सामग्री तथा तिनका बिचको तुलना एवं प्रतितुलना गरेर विश्लेषण प्रारूप तयार गरिएको छ । त्यसैले यस अनुसन्धान लेखमा निगमनात्मक तथा आगमनात्मक विधिको संयोजित प्रारूप प्रयोग गरिएको छ । प्रस्तुत लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । समाख्यानशास्त्र र चलचित्र सिद्धान्त सम्बद्ध सामग्री प्राथमिक रूपमा प्रयोग गरिएका छन् भने अन्य आख्यानमा आधारित पाठ एवं तिनमा केन्द्रित श्रव्यदृश्य सामग्री द्वितीयक रूपमा प्रयोग गरिएका छन् । समाख्यान (आख्यानयुक्त पाठ) लाई चलचित्रको दृश्यभाषामा रूपान्तर गर्दा मुख्यतः सांस्कृतिक दृश्यगत आधार (पाठबाट प्राप्त हु्ने अमूर्त विश्वास तथा पाठीय सन्दर्भमा त्यसको स्वाभाविकता), कथानकको भौगोलिक दृश्यगत (पाठले सन्दर्भित गरेका भौतिक वस्तु तथा द्रवयान्त्रिकी) आधार, पाठको आन्तरिक सन्दर्भ (पाठमा आएका सन्दर्भको पारस्परिक सम्बन्ध) को नक्साङ्कन तथा बाह्य पाठीय नक्साङ्कन (अलौकिक र अदृश्यमान सन्दर्भको काल्पनिकबिम्ब) लाई प्रयोजन र ललितको समन्वय गरेर तयार गरिन्छ । पाठीय सन्दर्भको संज्ञानलाई भर्चुअल बनाउने प्रक्रियाको अन्तरविधात्मक प्रारूप यस लेखमा तयार भएको छ ।

Abstract
278
PDF
0

Author Biography

दीपकप्रसाद Deepakprasad ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Nepali, TU, Kirtipur

 उपप्राध्यापक Assistant Professor

Downloads

Published

2022-12-12

How to Cite

समाख्यानात्मक चलचित्रीकरणको सैद्धान्तिक स्वरूप {Theoretical aspects of narrative filmmaking}. (2022). Journal of Bhuwanishankar, 1(1), 128-137. https://doi.org/10.3126/jobs.v1i1.49904

Issue

Section

Articles

How to Cite

समाख्यानात्मक चलचित्रीकरणको सैद्धान्तिक स्वरूप {Theoretical aspects of narrative filmmaking}. (2022). Journal of Bhuwanishankar, 1(1), 128-137. https://doi.org/10.3126/jobs.v1i1.49904