अवाक कथामा उपमा अलङ्कार

Authors

  • एकनारायण Eknarayan पौड्याल Poudyal वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, त्रि.वि.

DOI:

https://doi.org/10.3126/jobs.v2i1.62237

Keywords:

लुप्तोपमा, मालोपमा, अवाक, अलङ्कार, Alankar, Malopma, Luptopma, Awak

Abstract

अवाक कथामा उपमा अलङ्कार शीर्षकको यस लेखमा विश्लेषणका लागि रेणुका जि सी (२०४६) द्वारा लिखित कथासङ्ग्रह सनेस (२०७९) मा सङ्गृहीत ‘अवाक’ शीर्षकको कथा चयन गरिएको छ । यस कथामा उपमा अलङ्कारको धेरै प्रयोग गरिएको तर यसलाई आधार बनाएर यसअघि अध्ययन नगरिएको साथै उपमा अलङ्कारका आधारमा विश्लेषण गर्न उपयुक्त देखिएकाले प्रस्तुत शीर्षक चयन गरिएको हो । अवाक कथामा केकति प्रकारका उपमा अलङ्कारको प्रयोग भएको छ र प्रयुक्त अलङ्कारले कथालाई कसरी रोचक बनाएका छन् भन्ने मुख्य समस्या र यसको प्राज्ञिक समाधान खोज्ने उद्देश्यमा आधारित यस अध्ययनमा अलङ्कारको सैद्धान्तिक अवधारणा स्पष्ट पार्नका लागि द्वितीयक स्रोतको उपयोग गरिएको छ भने प्राथमिक स्रोतका रूपमा अवाक कथालाई लिइएको छ । यसरी विश्लेषणका लागि उपमा अलङ्कारलाई सैद्धान्तिक आधार बनाइएको छ र व्याख्यात्मक एवं विश्लेषणात्मक विधिका माध्यमले कथाको अध्ययन गरिएको छ । संस्कृतसाहित्यका मुख्य सिद्धान्तअन्तर्गत रस, ध्वनि, अलङ्कार, वक्रोक्ति आदि पर्दछन् । यसरी अलङ्कार पनि स्थापित मुख्य सिद्धान्तभित्रै पर्दछ र यसका धेरै प्रकारमध्ये उपमा पनि एक मुख्य अलङ्कार हो । यसका पूर्णोपमा, लुप्तोपमा, उपमेयोपमा आदि पाँच प्रकार छन् । तिनमध्ये विवेच्य कथाभित्र पूर्णोपमा, मालोपमा र लुप्तोपमा गरी तीन प्रकारका उपमाको प्रयोग भएको पाइएको कुरा जनाइएको छ र तिनमा प्रयुक्त उपमान मौलिक हुनाका साथै उपमा अलङ्कारका प्रयोगले कथा सुन्दर र रोचक बनेको जनाइएको छ । समग्रमा प्रस्तुत कथा उपमा अलङ्कारको प्रयोगका दृष्टिले स्तरीय र प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
15

Author Biography

एकनारायण Eknarayan पौड्याल Poudyal, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, त्रि.वि.

सहप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

पौड्याल Poudyal ए. E. (2023). अवाक कथामा उपमा अलङ्कार . Journal of Bhuwanishankar, 2(1), 73–81. https://doi.org/10.3126/jobs.v2i1.62237

Issue

Section

Articles