‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}

Authors

  • बोधराज Bodha Raj ढकाल Dhakal Department of Nepali, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

Keywords:

अविद्या, पारमार्थिक, प्रवृत्तिमार्ग, निवृत्तिमार्ग, मिथ्याज्ञान, मोक्ष

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिसलाई पारमार्थिकसरख नमिल्ने, जगत्को हितमा उपयोग गर्नुपर्ने धनप्रति मानिस आसक्त भई लागेर मोक्ष मार्गमा पुग्न नसकिने, प्रवृत्त मार्गमा लागेर बन्धन तथा दुःखमा मात्र पाइने, पारमार्थिक सुख नमिल्ने कर्म शुभकर्म नहुने, जति धन भए पनि सन्तुष्टि नहुने र अज्ञानताका कारण मानिस निवृत्तिमार्गमा नभई प्रवृत्तिमार्गमा लागेका जस्ता विषयहरू वैदिक दर्शनका मान्यतामा आधारित देखिन्छन् । कवितामा धनको महिमा गायन गरिए पनि अन्तर्यमा धैर्य गर्नुपर्ने, पारमार्थिक सत्य र सुखको खोजीमा लाग्नुपर्नेजस्ता वैदिक षड्दर्शनका विचारहरू कवितामा व्यक्त भएका छन् । सामग्री सङ्कलनमा पुस्तकालय विधिको प्रयोग गरिएको यस लेखमा प्राथमिक स्रोत सामग्रीको रूपमा ‘लालित्य भाग १’ कविता सङ्ग्रहमा सङ्गृहीत ‘धन–महिमा’ कविता र द्वितीय स्रोतका रूपमा वैदिक दर्शनसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू तथा अनुसन्धनात्मक लेखहरूलाई लिइएको छ । यहाँ वैदिक षड्दर्शनहरू (साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन)का लोभ, मोह, दुःख, मोक्ष, निवृत्तिमार्ग, अविद्या, माया, बन्धनका सम्बन्धमा रहेका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ ।

Abstract
338
PDF
0

Author Biography

बोधराज Bodha Raj ढकाल Dhakal, Department of Nepali, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

Associate Professor

Downloads

Published

2023-02-05

How to Cite

‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}. (2023). Kaumodaki: Journal of Multidisciplinary Studies, 3(1), 58-68. https://doi.org/10.3126/kdk.v3i1.52117

Issue

Section

Articles

How to Cite

‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}. (2023). Kaumodaki: Journal of Multidisciplinary Studies, 3(1), 58-68. https://doi.org/10.3126/kdk.v3i1.52117