स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोग {The Use of Learning Naturalization in the Nepali Education Class of Bachelor}
DOI:
https://doi.org/10.3126/kdk.v3i1.52126Keywords:
अपनत्व, समस्या समाधान, सहयोगात्मक सिकाइ, सिकाइ सहजीकरण, सिकारुAbstract
प्रस्तुत लेख सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ । यस लेखको उद्देश्य त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोगको अवस्थाका बारेमा शिक्षकहरूको धारणा पहिल्याउनु रहेको छ । यो अनुसन्धान गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभव पद्धति र रचनावादी (निर्माणवादी) सिद्धान्तमा आधारित छ । यसका लागि पोखरा महानगरपालिकाका स्नातक तहमा अध्यापन गर्ने शिक्षकलाई सूचकका रूपमा लिई अन्तर्वार्ता उपकरणका माध्यमबाट उनीहरूका सिकाइ सहजीकरणसँग सम्बन्धित जीवन्त अनुभव सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कलाई अभिलेखन गर्ने, सङ्केतन गर्ने र आशय (थिम) बनाई प्रस्तुतीकरणका साथ छलफल गरी निष्कर्ष निकालिएको छ । अनुसन्धानको प्राप्तितर्फ दृष्टि दिँदा उक्त तहका नेपाली भाषा विषयका विद्यार्थीहरू सिकाइमा नियमित, सक्रिय र सहभागी भएको पाइन्छ । सिकाइ सहजीकरणमा स्तरअनुसारका विधि, सामग्री, सूचना र प्रविधि तथा कक्षा व्यवस्थापन भएको पाइन्छ । सिकारुलाई सिद्धान्त र व्यवहारबिच समन्वय गराई आत्मप्रतिविम्बन र बहुबौद्धिकताको उपयोगका साथ ज्ञान हस्तान्तरण गर्ने नभई उनीहरूमा ज्ञानको निर्माण गर्ने अवसर दिनुपर्छ भन्ने शिक्षकको अभिमत देखिन्छ । सहयोगात्मक सिकाइ, सिर्जनात्मक र परियोजना कार्य तथा विद्यार्थीलाई नै समस्याको समाधान गर्न उत्प्रेरित गर्ने र आवश्यक पृष्ठपोषण दिने गर्नाले सिकारुमा अपनत्वको भावनाको विकास भई सिकाइमा स्थायी परिवर्तन आउने धारणा सम्बन्धित शिक्षकहरूको छ । अतः स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोग गर्दा यस्ता पक्षहरूमा ध्यान दिनु आवश्यक देखिन्छ । सिकाइ सहजीकरणको उपयोगका विषयमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत लेखले सहयोग पु¥याउने अपेक्षा राखिएको छ।
Downloads
11
10