पाणिनीय व्याकरणमा प्रयुक्त प्रत्याहारहरूको समीक्षा
DOI:
https://doi.org/10.3126/kdk.v6i01.90151Keywords:
अनुवर्तन, प्रत्ययात्मक, प्रत्याहार, प्रयोग, वर्णात्मकAbstract
पूर्ववर्ती व्याकरणहरूको सिंहावलोकन गर्दै पाणिनीय व्याकरणमा प्रयोग गरिएका प्रत्याहारहरूको परिचय दिएर तिनको वर्गीकरणसँगै प्रयोगस्थलको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा मुख्यतः प्राथमिक स्रोतका अष्टाध्यायी र व्याकरणमहाभाष्य तथा अंशतः द्वितीयक स्रोतको वैयाकरणसिद्धान्तकौमुदीअन्तर्गतका प्रत्याहारसँग सम्बद्ध सामग्रीको सङ्कलन र विश्लेषणका लागि न्यून मात्रामा ऐतिहासिक अध्ययन पद्धति र अधिक मात्रामा वर्णनात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यस लेखमा १४ वटा प्रत्याहारसूत्रसँग सम्बद्ध ४२ वटा वर्णात्मक प्रत्याहारहरूको, प्रत्याहारसूत्रसँग असम्बद्ध पाँचवटा प्रत्ययात्मक प्रत्याहारहरूको र पतञ्जलिद्वारा परिकल्पित प्रत्याहारसूत्रसँग असम्बद्ध छवटा प्रत्ययात्मक प्रत्याहारहरूको अध्ययन गरिएको छ । तीमध्ये प्रत्याहारसूत्रसँग सम्बद्ध एउटा वर्णात्मक चय् प्रत्याहारको प्रयोग एउटा वार्तिकमा मात्रै भएको छ भने अण् आदि ४१ वटा वर्णात्मक प्रत्याहारहरूको साक्षात् रूपमा २५० वटा सूत्रमा र अनुवर्तनका रूपमा १५० वटा सूत्रमा उपयोग गरिएको छ । पाणिनीय व्याकरणमा दुई प्रकारको मात्रै पदसंरचना रहेकाले पदसंरचनालाई व्यवस्थित गर्ने सुप् र तिङ् प्रत्ययका अवान्तर भेदका रूपमा देखिएका सुप्, सुट्, आप्, तिङ् र तङ् पाँचवटा प्रत्ययात्मक प्रत्याहारहरूको प्रत्यक्ष रूपमा ३६ वटा सूत्रमा र अनुवर्तनका रूपमा ११ वटा सूत्रमा प्रयोग गरिएको छ । पतञ्जलिद्वारा परिकल्पित प्रत्याहारसूत्रसँग असम्बद्ध उम्, कृञ्, तृन्, मात्रच्, सङ् र यङ् छवटा प्रत्ययात्मक प्रत्याहारहरूको अध्ययन व्याकरणमहाभाष्यमा मात्रै भएकाले तिनको अन्यत्र परिचर्चा भएको पाइँदैन । समग्र रूपमा पाणिनीय व्याकरणका ४५० वटा सूत्रमा र तीनवटा वार्तिकमा ५३ वटा प्रत्याहारहरूको अध्ययन गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.