शैक्षणिकता तथा र अनुसन्धानका सन्दर्भमा नारीवाद {Feminism in terms of Education and Research}

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर, काठमाडौं Central Department of Education, TU, Kirtipur, Kathmandu

DOI:

https://doi.org/10.3126/mrj.v2i1.43769

Keywords:

नारीवाद, यौनिकता, लैङ्गिक सन्तुलन, नारीमैत्री शिक्षण, नारीमैत्री, Feminism, sexuality, gender balance, feminist teaching, feminism

Abstract

प्रस्तुत लेख नारीमैत्री शैक्षणिकता तथा अनुसन्धानका सन्दर्भ सहित नारीवादी मान्यतामाथि चर्चा गरिएकाले सैद्धान्तिक ढाँचाको बनेको छ । यस लेखको मूल उद्देश्य नारीवादका विविध आयामसहित नेपालका परिवेशमा नारीमैत्री शैक्षणिकता एवम् अनुसन्धानका सन्दर्भ प्रस्तुत गर्नु हो । प्रयोगात्मक सन्दर्भ एवम् अनुसन्धानलाई केन्द्र बनाइएको भए पनि यो वर्णनात्मक प्रस्तुति रहेको विश्लेषणात्मक ढाँचाको लेख हो । यसमा सैद्धान्तिक पक्षको यथेष्ट चर्चा गरी उपयोगमा कसरी ल्याउन सकिन्छ भन्नेबारेमा सरल दृष्टिकोण प्रस्तुत गरिएको छ । यसलेखमा नारीवादका विविध आयामहरूको चर्चा गरिएको छ । यस अन्तर्गत उदार नारीवाद,माक्र्सवादी नारीवाद, मनोविश्लेषणात्मक नारीवाद, आमूल नारीवाद, समाजवादी नारीवादतथा समकालीन नारीवादको सैद्धान्तिक स्वरूप निरूपण गरिएको छ । उक्त विविधनारीवादका मूल मान्यता उद्घाटन गर्दै नेपाली समाजमा प्रचलित लैङ्गिक सन्दर्भको नमुना समेत दिइएको छ । यसका साथै नेपालका शिक्षण संस्थामा रहेको लैङ्गिकतासँग सम्बद्ध सूक्ष्म समस्यको पनि चिनारी दिइएको छ । नारीमैत्री शिक्षणका सन्दर्भसहति लैङ्गिकतथा नारीमैत्री अनुसन्धानका लागि लैङ्गिक तथा नारीकेन्द्री जिज्ञासा समेत प्रस्तुत गरिएकोछ । त्यस्तै नारीमैत्री अनुसन्धानका लागि क्षेत्र र ती सँग सम्बद्ध नारीमैत्री अनुसन्धानका लागिविधि तथा प्रक्रिया सुझाइएको छ । सैद्धान्तिक प्रारूपको भए पनि यो लेख शिक्षक एवम् अनुसन्धातालाई लैङ्गिक दृष्टिमा सन्तुलित शिक्षण एवम् सचेतताकेन्द्री अनुसन्धान गर्नसहयोगी बन्ने अपेक्षा गरिएको छ । साथै लैङ्गिक दृष्टिमा सन्तुलित धारणा निर्माण गर्न तदनुकूल शिक्षण एवम् अनुसन्धानका लागि बढी उपयोगी हुने अपेक्षा समेत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
109
PDF
106

Downloads

Published

2021-12-31

How to Cite

खनाल Khanal र. R. (2021). शैक्षणिकता तथा र अनुसन्धानका सन्दर्भमा नारीवाद {Feminism in terms of Education and Research}. Mangal Research Journal, 2(1), 59–74. https://doi.org/10.3126/mrj.v2i1.43769

Issue

Section

Articles