'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}

Authors

  • महेन्द्र Mahendra न्यौपाने Neupane गोरखा क्याम्पस, त्रिभुवन विश्वविद्यालय, गोरखा Gorkha Campus, TU, Gorkha

Keywords:

उत्पादक भूमिका, सशक्तीकरण, पितृसत्ता, Gender discrimination, patriarchy, empowerment, productive role

Abstract

प्रस्तुत लेखमा बलदेव मजगैयाँद्वारा रचित ‘मानसी’ उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक सशक्तीकरण, उत्पादक तथा पुनरुत्पादक भूमिकाको सैद्धान्तिक पर्याधार तयार पारी यिनै पर्याधारका आधारमा उपन्यासको विश्लेषण गरिएकोछ । यस उपन्यासमा पितृसत्तात्मक समाज र त्यसको सामाजिक र सांस्कृतिक संरचनाको चिरफार गरी समाजनिर्मित लैङ्गिक विभेदबाट नारीलाई मुक्त गराउनुपर्ने स्वर प्रकट गरिएको छ । नेपाली समाजमा विद्यमान विभेदको कलात्मक चित्र उतारी विभेदका विरुद्धमानारीहरूले विभेदकारी संस्कृति र आफूमाथिको दमन तथा हिंसाका विरुद्धमा सशक्त रूपमा आवाज उठाउन थालेको यथार्थताजन्य सकारात्मकतालाई सशक्त रूपमा प्रस्तुत गरेको छ । पुरुषले गर्ने दमन, हिंसा तथा विभेदकारी कदमलाई पितृसत्तात्मक समाजको संस्कृतिले संरक्षण प्रदान गरेको दृष्टान्त प्रस्तुत गर्दै पुरुषप्रधान समाजमा नारीलाई भोग्या वस्तु ठान्दै प्रेम गरेर वा प्रेमको नाटक गरेर तथा कठिन परिस्थितिमा सहयोग गरेको नाटक गरेर अनि झुटो आश्वासन दिएर हिंसा, शरीरमाथि आफ्नो अधिकार जमाउन प्रयास, दमन र शोषणगरेर महिलालाई आफ्नो अधीनस्त बनाउन चाहन्छन् भन्ने यथार्थतालाई जीवन्त शैलीमा व्यक्त गरिएको निष्कर्ष निकालिएको छ ।

Abstract
402
PDF
14

Downloads

Published

2021-12-31

Issue

Section

Articles

How to Cite

न्यौपाने Neupane म. M. (2021). ’मानसि’ उपन्यासमा लैंगिकता {Sexuality in the Novel ’Manasi’}. Mangal Research Journal, 2(1), 75-88. https://doi.org/10.3126/mrj.v2i1.43770