सम्पादकीय {Editorial}

Authors

  • मिरा Meera आचार्य Acharya
  • खिल राज Khil Raj राई Rai
  • गङ्‍गबहादुर Ganga Bahadur थापा Thapa
  • गौरव Gaurav पन्थी Panthi
  • अबिलाल Abilal राई Rai

Abstract

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन जर्नल प्रकाशन सम्बन्धी कार्यविधि, 2080 बमोजिम प्रशासन जर्नलको 140औँ अङ्क प्रकाशन गरिएको छ। यो जर्नल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रकाशित हुने जर्नलको ढाँचामा प्रकाशन गर्ने प्रयास गरिएको छ। सार्वजनिक प्रशासन तथा सार्वजनिक व्यवस्थापन, सार्वजनिक नीति तथा विकास नीति, विकास प्रशासन तथा व्यवस्थापन, आर्थिक तथा सामाजिक विकास, शासन प्रणाली, शासकीय सुधार, सुशासन, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासनमा सदाचार, शिष्टाचार र सकारात्मक सोँच लगायत समसामयिक विषय क्षेत्रहरुलाई जर्नलमा समावेश गर्ने कार्यविधिको व्यवस्था बमोजिम विभिन्न विचारमूलक तथा अनुसन्धानमूलक/ तथ्यमूलक लेख/रचना यस अङ्कमा समावेश गरी पाठकसमक्ष पुर्‍याउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ।    

लेख/रचनाको विषयविज्ञ समीक्षा (Peer Review) तथा बौद्धिक चोरी परीक्षण (Plagiarism Check) सहित प्रकाशित प्रशासन जर्नल प्राज्ञिक क्षेत्रको रोजाईमा पर्ने विश्वास हामीले लिएका छौँ। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै पाठक वर्गको सहज पहुँचमा पुर्‍याउन जर्नललाई विगतदेखि नै NepJOL (Nepal Journals Online) मा आबद्ध गरिएको छ। यसले गर्दा लेखक र पाठकहरुमाझ जर्नलप्रतिको रुचिमा बढोत्तरी भएको हामीले पाएका छौँ।

सार्वजनिक चासो र सरोकारलाई नजिकबाट हेर्दै आउनु भएका बौद्धिक पाठकहरूको रोजाइमा यस जर्नललाई पुर्‍याउन समयानुकूल परिमार्जन र परिस्कृत गरिँदै आइएको छ। आगामी दिनमा यस जर्नललाई सार्वजनिक प्रशासन क्षेत्रको स्तरीय प्राज्ञिक जर्नलको रुपमा विकास गरी अझ पठनीय बनाउन सार्वजनिक प्रशासन सम्बद्ध अध्ययन अनुसन्धानमा रुचि राख्ने सबै बौद्धिक वर्ग तथा पाठकहरूका पृष्ठपोषण हाम्रा लागि मार्गदर्शन हुनेछन्। यस अङ्कका लेखहरुको भाषा सम्पादन गरिदिनु भएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शक्तिराज नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

Abstract
105
PDF
0

Author Biographies

मिरा Meera आचार्य Acharya

प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

खिल राज Khil Raj राई Rai

कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गङ्‍गबहादुर Ganga Bahadur थापा Thapa

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गौरव Gaurav पन्थी Panthi

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

अबिलाल Abilal राई Rai

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Downloads

Published

2024-12-13

How to Cite

सम्पादकीय {Editorial}. (2024). Prashasan: The Nepalese Journal of Public Administration, 56(2). https://www.nepjol.info/index.php/prashasan/article/view/75339

Issue

Section

Editorial

How to Cite

सम्पादकीय {Editorial}. (2024). Prashasan: The Nepalese Journal of Public Administration, 56(2). https://www.nepjol.info/index.php/prashasan/article/view/75339