सम्पादकीय {Editorial}

Authors

  • Meera Acharya सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • Khil Raj Rai सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • Ganga Bahadur Thapa सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • Abilal Rai सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Abstract

प्रशासन जर्नल प्रकाशन सम्बन्धी कार्यविधि, 2080 बमोजिम सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन जर्नलको १४१औँ अङ्क प्रकाशन गरिएको छ। सार्वजनिक प्रशासन तथा सार्वजनिक व्यवस्थापन, सार्वजनिक नीति तथा विकास नीति, विकास प्रशासन तथा व्यवस्थापन, आर्थिक तथा सामाजिक विकास, शासन प्रणाली, शासकीय सुधार, सुशासन, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासनमा सदाचार, शिष्टाचार र सकारात्मक सोँच लगायत समसामयिक विषय क्षेत्रहरुलाई जर्नलमा समावेश गर्ने कार्यविधिको व्यवस्था बमोजिम विभिन्न विचारमूलक तथा अनुसन्धानमूलक/ तथ्यमूलक लेख/रचना यस अङ्कमा समावेश गरी पाठकसमक्ष पुर्‍याउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ।

लेख/रचनाको विषयविज्ञ समीक्षा (Peer Review) तथा बौद्धिक चोरी परीक्षण (Plagiarism Check) सहित प्रकाशित यो जर्नल प्राज्ञिक क्षेत्रको रोजाईमा पर्ने विश्वास हामीले लिएका छौँ। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै पाठक वर्गको सहज पहुँच हुने गरी जर्नललाई विगतदेखि नै NepJOL (Nepal Journals Online) मा आबद्ध गरिएको छ। यसले गर्दा लेखक र पाठकहरुमाझ जर्नलप्रतिको रुचिमा बढोत्तरी भएको हामीले पाएका छौँ।

सार्वजनिक चासो र सरोकारलाई नजिकबाट हेर्दै आउनु भएका बौद्धिक पाठकहरूको रोजाइमा यस जर्नललाई पुर्‍याउन समयानुकूल परिमार्जन र परिस्कृत गरिँदै आइएको छ। आगामी दिनमा यस जर्नललाई सार्वजनिक प्रशासन क्षेत्रको स्तरीय प्राज्ञिक जर्नलको रुपमा विकास गरी अझ पठनीय बनाउन सार्वजनिक प्रशासन सम्बद्ध अध्ययन अनुसन्धानमा रुचि राख्ने सबै बौद्धिक वर्ग तथा पाठकहरूका पृष्ठपोषण हाम्रा लागि मार्गदर्शन हुनेछन्। यस अङ्कका लेखहरुको भाषा सम्पादन गरिदिनु भएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शक्तिराज नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

Abstract
128
PDF
0

Author Biographies

Meera Acharya, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

प्रधान सम्पादक, सहसचिव

Khil Raj Rai, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कार्यकारी सम्पादक, उपसचिव

Ganga Bahadur Thapa, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, शाखा अधिकृत

Abilal Rai, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, शाखा अधिकृत

Downloads

Published

2025-06-26

How to Cite

सम्पादकीय {Editorial}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1). https://www.nepjol.info/index.php/prashasan/article/view/80671

Issue

Section

Editorial

How to Cite

सम्पादकीय {Editorial}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1). https://www.nepjol.info/index.php/prashasan/article/view/80671