सम्पादकीय {Editorial}

Authors

  • Ekadev Adhikari सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • Mahendra Bishwakarma सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • Ganga Bahadur Thapa ङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • Bibek Bidari सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • Lila Raj Kafle सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Abstract

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विगत ५७ वर्षदेखि नियमित रूपमा सार्वजनिक प्रशासन सम्बन्धी जर्नलको रूपमा प्रशासन जर्नल अर्धवार्षिक रूपमा प्रकाशन हुँदै आइरहेको छ। १४२औं अङ्‍कको रूपमा यो संस्करण हाम्रा पाठकहरु समक्ष पुर्‍याउन पाँउदा खुसी व्यक्त गर्दछौं।

प्रशासन जर्नल प्रकाशन सम्बन्धी कार्यविधि, २०८० बमोजिम यस जर्नलमा सार्वजनिक प्रशासन तथा व्यवस्थापन, सार्वजनिक नीति, आर्थिक तथा सामाजिक विकास, शासन प्रणाली, शासकीय सुधार, सुशासन, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासनमा सदाचार, शिष्टाचार र सकारात्मक सोंच लगायत समसामयिक प्रशासनिक विषयमा विभिन्‍न विचारमूलक तथा अनुसन्धानमूलक लेख/रचना प्रकाशन हुँदै आएको व्यहोरा पाठक वर्गमा विदितै छ।

प्रकाशनका लागि प्राप्त भएका लेख/रचनाहरुलाई कार्यविधि बमोजिम सम्बन्धित विषय विज्ञ, समीक्षक (Peer Review) बाट समीक्षा र बौद्धिक चोरी परीक्षण (Plagiarism Check) को प्रकृया पूरा गरी प्रकाशन गरिने हुँदा यसले जर्नलको विश्‍वसनीयता कायम गर्न सहयोग पुग्दछ। जर्नलको यो अङ्‍क सम्पादनका क्रममा प्राप्त भएका कतिपय लेख रचनाहरु जर्नल प्रकाशन सम्बन्धी कार्यविधि र प्रकाशकीय नीति भित्र नपरेका कारण प्रकाशन गर्न सकिएको छैन। अगामी दिनमा जर्नल प्रकाशनको कार्यविधि र प्रकाशकीय नीतिगत प्रकृयाभित्र हुने गरी सवै लेख रचनाहरू प्राप्त हुने अपेक्षा पनि गरेका छौं। 

अहिले विश्‍व डिजिटल युगको प्रयोगमा रहेको छ। डिजिटल प्रविधिको प्रयोग मार्फत यस जर्नललाई विश्‍वव्यापी रूपमा इच्छुक पाठकहरुलाई सहज पहुँच हुन सकोस भनी Nepal Journals Online (NepJOL) मा समेत आबद्ध गरी प्रकाशित गरिएको छ।

यो पत्रिका अर्धवार्षिक रुपमा नियमित प्रकाशित हुने भएकोले लेखकवर्गलाई आफ्ना लेख रचना समयमा नै उपलव्ध गराई सहयोग हुन समेत अनुरोध गर्दछौं। यस जर्नललाई आगामी दिनमा समयसापेक्ष अझ परिस्कृत र स्तरीय बनाउन थप सुझाव, सल्लाह, हौसलाका सकारात्मक प्रतिकृयाको अपेक्षा गर्दछौं।

अन्त्यमा, यस जर्नलमा लेख रचना उपलव्ध गराई सहयोग गर्नु हुने लेखक, विषयविज्ञ समीक्षक, भाषा सम्पादक त्रिभुवन विश्वविद्यालयका आदरणीय उपप्राध्यापक श्री शक्तिराज नेपालज्यू लगायत जर्नल सम्पादन/प्रकाशन/व्यवस्थापन कार्यमा सहयोग गर्नुहुने सबै प्रति सम्पादन मण्डल हार्दिक आभार व्यक्त गर्दछ।

Abstract
55
PDF
0

Author Biographies

Ekadev Adhikari, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव

Mahendra Bishwakarma, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कार्यकारी सम्पादक, प्रशासन जर्नल, उपसचिव 

Ganga Bahadur Thapa, ङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल, शाखा अधिकृत

Bibek Bidari, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल, शाखा अधिकृत

Lila Raj Kafle, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल, शाखा अधिकृत

Downloads

Published

2025-12-29

How to Cite

सम्पादकीय {Editorial}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(2). https://www.nepjol.info/index.php/prashasan/article/view/91217

Issue

Section

Editorial

How to Cite

सम्पादकीय {Editorial}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(2). https://www.nepjol.info/index.php/prashasan/article/view/91217