बहुभाषिक कक्षा र नेपाली भाषा शिक्षणमा शिक्षण सामग्री Bahubhashi Kakshya ra Nepali Bhasha Shikshanma Shikshan Samagrik
DOI:
https://doi.org/10.3126/sij.v1i0.35145Keywords:
बहुभाषिक कक्षा, मातृभाषा, शिक्षण सामग्री, सामाजिक न्याय, समावेशी कक्षाAbstract
बहुभाषिक कक्षा कस्तो कक्षालाई मानिन्छ र कस्ता शिक्षण सामग्री बहुभाषिक कक्षा शिक्षणमा उपयोगी हुन्छन ् ? भन्ने समस्यामा केन्द्रित प्रस्तुत लेखमा विद्यालयका प्रारम्भिक कक्षाहरूमा बहुभाषिकता बारे ध्यान दिनु अपरिहार्य रहेको, नेपालका सामुदायिक विद्यालयहरूमा नेपाली मातृभाषा हुनेहरूका हकमा शिक्षाको पूर्ण माध्यमका रूपमा मातृभाषा सम्भव रहेको र नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूका लागि भने आवश्यकतानुसार मौखिक मात्र भए पनि मातृभाषाको प्रयोग गरी शिक्षण सहजीकरण गरिदिनु पर्ने स्थितिलाई बहुभाषी कक्षाको अर्थमा लिइएको छ । भाषा शिक्षण गर्दा शिक्षणलाई प्रभावकारी बनाउन पाठ ् यवस्तु तथा निर्धारित उद्देश्य अनुरूप दृश्य, श्रव्य, श्रव्यदृश्य आदि जस्तासुकै सामग्रीहरू प्रयोगमा ल्याउन सकिए तापनि बहुभाषिक कक्षामा दृश्य सामग्री बढी उपयोगी हुने निष्कर्ष प्रस्तुत गरिएको छ । नेपालका शिक्षा नीतिहरू र तिनमा बहुभाषिकता सम्वोधनको ऐतिहासिकताको समेत चर्चा गरिएको प्रस्तुत लेख पुस्तकीय अध्ययनमा केन्द्रित रहेर द्वितीयक सामग्रीको उपयोग गरी तयार पारिएको छ । गुणात्मक विधिको उपयोग गरी लेखिएको प्रस्तुत अनुसन्धानमूलक लेख बहुभाषिक कक्षा र शिक्षण सामग्रीसम्बन्धि शोध र जिज्ञासा राख्ने अनुसन्धाता, विद्यार्थी तथा पाठक वर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.