माध्यमिक तहमा शब्दार्थ शिक्षण विधिको उपयोग Madhyamik tahama shabdartha shikshan bidhimko upayog

Authors

  • कुश्मिला आचार्य Tribhuvan University

Keywords:

अर्थविज्ञान, शब्दार्थ शिक्षण, कोशीय अर्थ, प्रसङ्गार्थ, शिक्षण विधि, माध्यमिक तह

Abstract

प्रस्तुत लेख माध्यमिक तहमा शब्दार्थ शिक्षण विधिको उपयोग शीर्षकमा केन्द्रित छ । नेपालको परिवेशमा नेपाली भाषा शिक्षणको शब्दभण्डार शिक्षणअन्तरगत रहेको शब्दार्थ शिक्षणको विषयवस्तुतिर लेख केन्द्रित छ । शब्दार्थलाई अर्थविज्ञानका दृष्टिले पहिचान गर्नु र माध्यमिक तहमा शब्दार्थ शिक्षणका विधिहरूको उपयोगिताको समीक्षा गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । अर्थविज्ञान अन्तरगतका अवधारणात्मक अर्थ, कोशीय अर्थ, व्याकरणात्मक अर्थ, साहचर्यात्मक अर्थ र प्रसङ्गार्थलाई शब्दार्थ शिक्षणका विविध तरिकासँग जोडेर प्रस्तुत गर्ने कार्य यसमा गरिएको छ । शब्दार्थ शिक्षणका विधिहरूमा पर्यायवाची शब्द दिने, शब्दको अर्थ दिने, परिभाषा दिने, विपरीतार्थक शब्द दिने, समावेश्य शब्दहरू प्रस्तुत गर्ने, वस्तु, चित्र वा प्रतिमूर्तिको उपयोग गर्ने, क्रिया वा हाउभाउ प्रदर्शन गर्ने, शब्दको व्युत्पत्ति वा शब्दनिर्माण गर्ने, शब्दको प्रयोग प्रसङ्गको व्याख्या गर्ने र वाक्यमा प्रयोग गर्ने विधिहरूको समीक्षा गरिएको छ । गुणात्मक विधिको उपयोग गरी विविध पुस्तक, लेख आदिका आधारमा अध्ययन पूरा गरिएको छ । माध्यमिक तहमा शब्दार्थ शिक्षण गर्नका लागि शब्दार्थ शिक्षणका तरिकाहरूले अर्थविज्ञानबाट आएका अर्थका प्रकारहरूसँग सम्बन्ध स्थापित सहज रूपमा गरेको निष्कर्ष निकालिएको छ । वाक्यमा प्रयोग नै शब्दार्थ शिक्षणको सर्वाेपयुक्त विकल्प रहेको निक्र्याेल गरिएको छ । अर्थविज्ञान र शब्दार्थ शिक्षणविधिप्रति रुचि राख्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, अध्येता आदिलाई प्रस्तुत सामग्री उपयोगी रहने कुरामा विश्वस्त हुन सकिन्छ ।

Abstract
321
PDF
0

Downloads

Published

2022-06-30

How to Cite

माध्यमिक तहमा शब्दार्थ शिक्षण विधिको उपयोग Madhyamik tahama shabdartha shikshan bidhimko upayog. (2022). Siddhajyoti Interdisciplinary Journal, 3(1), 14-24. https://doi.org/10.3126/sij.v3i1.46268

Issue

Section

Articles

How to Cite

माध्यमिक तहमा शब्दार्थ शिक्षण विधिको उपयोग Madhyamik tahama shabdartha shikshan bidhimko upayog. (2022). Siddhajyoti Interdisciplinary Journal, 3(1), 14-24. https://doi.org/10.3126/sij.v3i1.46268