विश्वमा नेपाली भाषाको प्रभाव र यसका चुनौतिहरू Bishwama Nepali bhashako prabhaw ra yaska chunautiharu
DOI:
https://doi.org/10.3126/sij.v3i1.46269Keywords:
विश्वव्यापीकरण, भाषिक भूगोल, आधुनिकीकरण, बहुसांस्कृतिक, भाषिक अपक्षय, व्यापकतत्व, भाषिक जागरणAbstract
स्तुत लेख नेपाली भाषाको विश्वव्यापीकरणसँग सम्बद्ध रहेको छ । यसमा मुख्यतयाः भाषिक विस्तार र यसका प्रभावबारे चर्चा गरी विश्वमा नेपाली भाषाको विस्तार के, कसरी भएको छ यसका चुनौति के के रहका छन् भन्ने विषयमा केन्द्रित रहेको छ । यो लेख तयारी गर्न गुणात्मक विधि प्रयोग गरी सामग्री सङ्कलन र विश्लेषण गरिएको छ । नेपाली भाषाको विकास र विस्तारसम्बन्धी विभिन्न प्रकाशित पुस्तक, पत्रपत्रिका र अनुसन्धानात्मक कृतिको अध्ययन गरी प्राप्त अवधारणाको व्याख्या विश्लेषण गर्न विभिन्न तर्क र तथ्यको प्रयोग गरिएको छ । विशेषतः भाषिक विस्तार भन्नाले भाषालाई व्यापक रूपमा हेर्ने दृष्टिकोण हो । कुनै एउटा भाषाको प्रयोग निश्चित कुनै भूगोलमा मात्रै सीमित गर्नु हँुदैन र सामाजिक सँस्कृतिमा केन्द्रित गर्नु हँुदैन । सूचना र प्रविधिको विकाससँगै भाषाको विकास र विस्तार पनि विश्वका कुना कन्दरामा पु¥याउनु पर्छ भन्ने मान्यतालाई यसमा अंगिकार गरिएको छ । भाषिक भूगोलको व्यापकता, अन्तर्राष्ट्रिय व्यापार, भूअर्थतन्त्र र कुटनीतिका क्षेत्रमा कुनै खास भाषाको प्रयोग गर्नु भाषिक विश्वव्यापीकरणको परिणाम मान्न सकिन्छ । प्रस्तुत लेख भूमण्डलमा नेपाली भाषाको प्रयोग के, कसरी भएको छ यसका सकारात्मक पक्ष के के हुन् भन्ने कुरालाई उजागर गर्दै नेपाली भाषाको विस्तारमा देखिएका चुनौतिहरू के कस्ता छन् भन्ने कुरालाई स्पष्ट पार्न खोजिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.