‘झरेको पात’ उपन्यासमा आञ्चलिकता
DOI:
https://doi.org/10.3126/sij.v4i1.54145Keywords:
आञ्चलिकता, स्थानीय रङ, पाल्सी बोली, सामन्ती सत्ता, बिम्ब, लोकतŒव ।Abstract
कुनै खास स्थान विशेषको सामाजिक, सांस्कृतिक, प्राकृतिक, वेषभूषा, रहनसहन, पात्रीय मनोदशा, भौगोलिक, आर्थिक, भाषिक, राजनीतिक, ऐतिहासिक आदि विविध पक्षको विशिष्ट अङ्कन अङ्कन गर्नुलाई आञ्चलिकता भनिन्छ । ‘झरेको पात’ उपन्यासमा पनि यस्ता स्थानीय रङहरूलाई विशिष्ट एवं सूक्ष्म ढङ्गले चित्रण गरिएको छ । यस अध्ययनमा गुणात्मक विधिको उपयोग गरिएको छ । यसमा दैलेख जिल्लादेखि सुर्खेत हुँदै बर्दिया र टीकापुरसम्मको भौगोलिक, प्राकृतिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, आर्थिक, भाषिक पक्ष, वेषभूषा, रहनसहन, प्रथा, परम्परा, स्थानीय मनोदशा आदिको सूक्ष्म अङ्कन गरेको छ । आञ्चलिकताको परिचय र अर्थ बताउनु एवम् ‘झरेको पात’ उपन्यासलाई आञ्चलिक उपन्यास बनाउने आधारहरू पहिल्याउनु नै यस अनुसन्धानको मुख्य उद्देश्य हो । सामाजिक जीवनको जीवन्त प्रस्तुति रहेको छ । विवाह, ब्रतबन्ध, चाडपर्व, मेलापात, घाँसदाउरा, देवीदेउताको पूजाआजा, धामीझाँक्री प्रथा, लोकगीत र लोकसंगीतको प्रस्तुति, जाँडरक्सी, जुवातास जस्ता कुप्रथा, खेतीपाती, पशुपालन आदिलाई सही ढङ्गले उधिनिएको छ । वि.सं. २०५२ सालबाट प्रारम्भ भएको माओवादी सशस्त्र विद्रोह र त्यसले स्थानीय तहमा पारेको प्रभावलाई पनि यथार्थ रूपमा देखाइएको छ । संविधान सभाबाट संविधान निर्माणको राजनीतिक सन्दर्भ, राजतन्त्रको ढल्किँदो बैँसदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको नेपालको आलो इतिहास र त्यसको स्थानीय स्तरमा परेको प्रभाव, ग्रामीण भेकमा चेतनाको स्तर, रूढि र अन्धविश्वास, स्थानीय पाल्सी भाषा, उखानटुक्का, भाषिका वा बोलीको विशिष्ट प्रयोग, जीवनका विविध पक्षको प्रभावले उत्पन्न गरेको पात्रीय विशिष्ट मनोभाव आदिको चित्रणले उपन्यास विशिष्ट बन्न पुगेको छ । यिनै विविध विशिष्ट प्रयोगका कारण ‘झरेको पात’ आञ्चलिक उपन्यास बन्न पुगेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.