राजवंशीहरूको आफ्नो भाषाप्रतिको भाषिक अभिवृत्तिको विश्लेषण
DOI:
https://doi.org/10.3126/sij.v4i1.54146Keywords:
राजवंशी भाषा, भाषिक अभिवृत्ति, भाषिक समुदाय, समाजभाषावैज्ञानिक सिद्धान्त, आदिवासी, जाति, जनजाति ।Abstract
प्रस्तुत लेख ‘राजवंशीहरूको आफ्नो भाषाप्रतिको भाषिक अभिवृत्तिको विश्लेषण’ शीर्षकमा केन्द्रित छ । यस लेखमा समाजभाषावैज्ञानिक पद्धतिमा आधारित भएर राजवंशीहरूको भाषिक जीवन्तता, बहुभाषिक स्थिति, भाषिक प्रयोग र अभिवृत्तिको अवस्था के कस्तो रहेको छ ? भनी खोजी गर्ने प्रयास गरिएको छ । यसै क्रममा मिश्रित (गुणात्मक तथा परिमाणात्मक) अनुसन्धान ढाँचा अवलम्बन गरी राजवंशीभाषी वक्ता, उक्त भाषाका अध्येता, भाषा संस्कृतिको संरक्षण र संवद्र्धनमा सम्लग्न अभियान्ताहरूसँग प्रत्यक्ष भेटघाट गरी प्राथमिक र द्वितीयक दुवै स्रोतबाट तथ्याङ्कहरू सङ्कलन गरिएको छ । प्राथमिक तथ्याङ्क अन्तर्गत निर्मित प्रश्नावली, अन्तर्वार्ता र सम्बन्धित पक्षहरूसँग प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहभागी भएर सङ्कलन गरिएको छ भने द्वितीयक स्रोत अन्तर्गत सम्बन्धित निकाय, तथ्याङ्क विभाग, विभिन्न पत्रपत्रिका, लेख रचनाहरू आदिबाट लिइएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम एवम् आशय निर्माण गरी प्राप्त नतिजालाई गुणात्मक र परिमाणात्क रूपमा मिश्रित ढाँचामा प्रस्तुत गरिएको छ । यो लेख भाषाका अध्येताहरूले राजवंशी भाषाका भाषिक जीवन्तता, भाषाप्रयोगको स्थिति र भाषिक अभिवृत्तिका बारेमा जानकारी लिन, आदिवासी तथा जनजातिहरूका भाषिक अवस्थाका बारेमा अध्ययन गरी भाषाका संरक्षण र संवद्र्धनका लागि योजना निर्माण गर्न, अदिवासी समुदायमा मातृभाषा शिक्षणका लागि पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखनमा सहयोग पु¥याउन, राज्यलाई मातृभाषाहरूका संरक्षण, संवद्र्धन र विकासका लागि भाषिक नीति र योजना निर्माण गर्न र यस विषयमा चासो राखी अध्ययन अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताहरूलाई समेत प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनको लागि उपयोगी हुने छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.