अछामी भाषामा रूपध्वनि प्रक्रिया (Phonological Process in Achhami Language)

Authors

  • Khagendra Ghodasaini Nepal Sanskrit University

DOI:

https://doi.org/10.3126/sij.v5i1.63606

Keywords:

आगम, डकारीभवन, रकारीभवन, लोप, सन्धि, Insertion, Rhotacism/Rhotacization, Retroflexion, Abolition, Euphony

Abstract

प्रस्तुत लेख अछामी भाषाका रूपध्वनि प्रक्रियाको विश्लेषणमा केन्द्रित छ । यसमा ‘अछामी भाषामा पाइने रूपध्वनि प्रक्रिया’ पहिल्याउने उद्देश्य राखिएको छ । अछामी भाषाका शब्दमा वर्ण र रूप परिवर्तन भएका शब्दलाई रूपध्वनि भनेर बुझाउन खोजिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा सोद्देश्यमूलक नमुना छनोट विधिबाट रूपध्वनि प्रक्रिया छनोट गरी क्षेत्रीय अध्ययन विधि र अवलोकन विधि अपनाई कृतिबाट तथ्य सङ्कलन गरिएको छ । परम्परागत व्याकरणमा सन्धिभित्रै समावेश गरिएको रूपध्वनि प्रक्रियालाई सैद्धान्तिक पर्याधार बनाइएको छ । मध्यकालीन नेपाली भाषा र अछामी भाषाका कतिपय रूपध्वनिमा समानता देखिने हुँदा अछामी भाषाका रूपध्वनिहरू नेपाली भाषाबाट विकसित भएका नभई अछामी भाषाबाट नेपाली भाषामा रूपध्वनिहरू विकसित भएका हुन् भन्ने ऐतिहासिक भाषावैज्ञानिक दृष्टिकोणबाट पहिल्याउने काम गरिएको छ । यस्तै केही रूपध्वनिहरू संस्कृत भाषाबाट अपभ्रंश हुँदादेखि नै भिन्न भिन्न पनि देखिन्छन् । त्यसैले अछामी भाषा र नेपाली भाषामा पाइने रूपध्वनिहरू एकअर्काबाट विकसित भएका नभई स्वतन्त्र ढङ्गले विकसित मौलिक विशेषताका रूपमा देखिन्छन् भन्ने सार निकालिएको छ ।

The present article focuses on the analysis of the phonological process of Achhami language. It aims to find out the 'morphological process found in Achhami language'. In Achhami language, the words whose characters and forms have changed have been tried to be explained as phonological. In this article, facts have been collected from the work by adopting the field study method and the observation method by choosing the phonological process from the questionable sample selection method and is structured in a qualitative format. In traditional grammar, the phonological process included in the text has been made the theoretical basis. Due to the similarities between some phonemes of the medieval Nepali language and Achhami language, it has been determined from a historical linguistic point of view that the phonemes of Achhami language were not developed from Nepali language, rather the phonemes of Nepali language were developed from Achhami language. Likewise, some of these sounds are also different since they were degenerated from the Sanskrit language. Therefore, it has been concluded that the phonemes found in Achhami language and Nepali language were not developed from each other rather are seen as original characters developed independently.]

Downloads

Download data is not yet available.
Abstract
79
PDF
18

Author Biography

Khagendra Ghodasaini, Nepal Sanskrit University

खगेन्द्र घोडासैनी, नेसंवि जनता विद्यापीठमा उपप्राध्यापक हुनुहुन्छ । उहाँले नेसंविबाट शास्त्री (नेपाली/नव्यव्याकरण), त्रिविबाट नेपालीमा एमए÷एमएड तथा भाषामा विद्यावारिधि गर्नुभएको छ । उहाँका अछामी गालीको अध्ययन (२०६७), कथाको रचनाविधान (२०७७), अछामि भासाको ब्याकरड् (२०७७), नबजेका धुनहरू (२०७७) गीत÷कवितासङ्ग्रह र कोसेली (२०७७) संयुक्त गजलसङ्ग्रह जस्ता कृतिहरू प्रकाशित छन् । उहाँको रुचि, भाषा, साहित्य, लोकसाहित्य, दर्शनजस्ता विषयमा रहेको छ ।

Downloads

Published

2024-03-18

How to Cite

Ghodasaini, K. (2024). अछामी भाषामा रूपध्वनि प्रक्रिया (Phonological Process in Achhami Language). Siddhajyoti Interdisciplinary Journal, 5(1), 141–151. https://doi.org/10.3126/sij.v5i1.63606

Issue

Section

Articles