छापामार युद्ध : राधा उपन्यास
DOI:
https://doi.org/10.3126/sj.v16i1.91840Keywords:
आक्रामक, गुरिल्ला, चेग्वेरा, छापामार, प्रतिरक्षात्मक, प्रत्याक्रामण, युद्धकला, माओत्सेतुङ, सुदृढीकरणAbstract
प्रस्तुत लेखमा धरावासीको उपन्यास राधामा छापामारीय युद्धकलाअन्तर्गत छापामारीय युद्धका तत्त्व तथा चरणहरूका आधारमा विश्लेषण गरिएको छ। यस लेखमा माओत्सेतुङ र चेग्वेराको छापामार युद्धकलालाई कृति विश्लेषणको आधार बनाइएको छ । गुरिल्ला युद्धकलाको संयोजन मिथकीय आख्यान राधामा धरावासीले गरेका छन् । यस लेखमा छापामार युद्धकलाको सामान्य अवधारणा प्रस्तुत गर्दै त्यसकै आलोकमा विश्लेष्य उपन्यासवाट सन्दर्भ लिएर पुष्टि गर्ने काम गरिएको छ । महाभारतकालीन युद्धमा नभएका युद्ध कौश्लहरूलाई पनि यस उपन्यासमा समेटिएको छ। यस उपन्यासमा कृष्णले कंससँगको युद्धमा छापामार युद्धका रणनीति र चरणहरूको पालना गर्दै विजयी भएका छन् । यस आधारमा गरिएको विश्लेषणबाट के भन्न सकिन्छ भने राधा उपन्यासमा छापामार युद्धकलाको भरपूर प्रयोग गरिएको छ, जुन तत्कालीन नेपालका माओवादीले प्रयोग गरेको युद्धकलासँग मिल्दोजुल्दो छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© The Saptagandaki Journal
The author of article must sign the copyright permission or the author must assign copyright to the Journal/to the Campus Authority prior to publication.
All rights reserved.